image
image

एनआरएन जापानमा अनियमिताको विवाद

काठमाडौँ ९ असार । गैह्रआवासीय नेपाली संघ (एनआरएनए), जापानमा आर्थिक अनियमितताको विवाद देखिएको छ । सो कमिटीका अध्यक्ष देवीलाल भण्डारीलाई जोडेर भ्रष्टाचारको आरोप लागेपछि उनको पक्ष–विपक्षमा कार्यसमितिका सदस्य आरोप प्रत्यारोपमा उत्रिएका छन । कमिटीमा मृतकको परिवारबाट लिएको बीमा वापतको रु एघार लाख अनियमितता भएको विवाद छ । विवाद तत्काल समाधान नभएपछि छानबिनका लागि अन्तर्राष्ट्रिय समितिमा लिखित आग्रह गरिएको छ । यो विवादले राजनीतिक रुप लिनेसमेत देखिएको छ ।

एनआरएनए, जापानभित्र भ्रष्टाचारको आरोप यसअघि सन २०१७ मा पनि लागेको थियो । त्यसबेला बनाइएको छानबिनका समितिले भ्रष्टाचार भएको ठहर गरेको थियो ।

एनआरएनए, जापानका वरिष्ठ उपाध्यक्ष, उपाध्यक्ष, कोषाध्यक्ष र सचिवसहित बहुुमत कार्यसमिति सदस्यले अध्यक्ष भण्डारीमाथि आर्थिक अनियमितताको आरोप लगाउँदै राजीनामा नदिए निलम्बन गर्ने तयारी गरेका छन । अध्यक्ष भण्डारीले भने उक्त आरोप केवल आरोप मात्रै भएकाले आफूले अनियमितता नगरेको जिकिर गरे । यो विवादले समयमा अधिवेशन नहुने आशंका पैदा भएको छ ।


क्षेत्रीय कमिटीहरु र एक हजारभन्दा बढी सदस्य रहेको क्षेत्रीय कमिटीको निर्वाचन भइरहेको छ । यही जुुन महिनाभित्र १२ वटै क्षेत्रीय कमिटीको अधिवेशन सहित नयाँ नेतृत्व चयन प्रक्रिया सकाउन एनआरएनए जापानले निर्देशन दिएपछि उक्त प्रक्रिया शुरु भएको हो ।

हालसम्म नागोया, क्युुसो, चिबा, तोचिगि, कान्तो, ओकिनवा, कान्साई, नागानौसहितका क्षेत्रीय कमिटीका अधिवेशन सकिएको छ । नागोया क्षेत्रीय कमिटीले भने आफनो अधिवेशन सकाएका भएपनि नयाँ नेतृत्व चयन प्रक्रियामा विवाद देखिएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।