image
image

असार १७ देखि आन्तरिक उडान खुल्ने 

काठमाडौँ ९ असार ।कोरोना भाइरस संक्रमणको जोखिम न्यूनीकरणका लागि भन्दै वैशाखदेखि बन्द भएको आन्तरिक हवाइ उडान असार १७ देखि सुरु हुने भएको छ। मन्त्रिपरिषदको निर्णयअनुसार संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय तथा नेपाल नागरिक उड्डयन प्राधिकरणले असार १७ देखि आन्तरिक उडान खोल्ने निर्णय गरेका हुन्। 

कूल उडान संख्यामध्ये पचास प्रतिशतसम्ममात्र उडान गर्नेगरी अनुमति दिइने  प्राधिकरणका महानिर्देशक राजन पोखरेलले  जानकारी दिए।
जनस्वास्थ्यका मापदण्डको पूर्ण पालना हुनेगरी उडान सञ्चालन  गरिने उनले जानकारी दिए। अघिल्लो वर्षको लकडाउनपछि उडान खुल्दा जारी गरिएका मापदण्डकै पालना गराइने उनको भनाइ छ। 

एयरलाइन्सहरु आफैले पनि  सुरक्षित उडानका लागि तयारी गरिरहेको र सरकारी नियममा पनि कडाइ गरिने प्राधिकरणले जानकारी दिएको छ। साविककै उडान तालिकाको पचास प्रतिशत उडान स्वीकृत गर्ने वा एयरलाइन्सहरुसँग नयाँ आवदेन माग गर्ने भनेर प्राधिकरणले निर्णय गरेको छैन। सिमित अन्तर्राष्ट्रिय उडान भने गन्तव्य हेरि भोलिदेखि नै सुरु हुने छ। 
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।