image
image

भक्तपुर क्यान्सर अस्पतालकी डा. श्रेष्ठको निधन

काठमाडौं, ९, असार। भक्तपुर क्यान्सर अस्पतालमा प्यालिएटिभ केयर (दुखाइ कम गर्ने) सेवाको सुरुवात गर्ने डा‍. चाँदनी वैद्य श्रेष्ठको ५३ वर्षको उमेरमा बुधबार बिहान निधन भएको छ ।क्यान्सर रोगबाट पीडित डा‍. श्रेष्ठको त्रिवि शिक्षण अस्पतालको आकस्मिक कक्षमा उपचारको क्रममा मृत्यु भएको उनका आफन्त समेत रहेका प्रसुति गृह थापाथलीका पूर्व निर्देशक डा. अमिरबाबु श्रेष्ठले बताए ।घरमै चिकित्सकीय सेवा लिइरहेका डा. श्रेष्ठको स्वास्थ्य अवस्था अचानक गम्भीर बनेपछि उनलाई उपचारका लागि शिक्षण अस्पताल लगिएको थियो ।

‘डा। चाँदनीमा १५ वर्षदेखि ब्रेस्ट क्यान्सरको समस्या थियो । पछिल्लो समय क्यान्सर सर्दै गएर कलेजोमा असर गरेको थियो,’ डा. अमिरबाबु श्रेष्ठले भने, ‘आज विहान स्वास्थ्यमा अचानक गम्भीर देखिएपछि शिक्षण अस्पताल पुर्‍याएका थियौं । तर बचाउन सकिएन ।’पछिल्लो समय डा. चाँदनी भक्तपुर क्यान्सर अस्पतालको प्यालिएटिभ केयरको इन्चार्ज थिइन् । क्यानडाबाट प्यालिएटिभ केयरसम्बन्धी तालिम लिएर उनले भक्तपुर क्यान्सर अस्पतालमा पहिलो पटक उक्त सेवाको सुरुवात गरेकी थिइन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।