खाने तेलको मूल्य घट्न थाल्यो
काठमाडौँ - बजारमा खाने तेलको मूल्य लिटरमा १५ देखि २० रुपैयाँ घटेको छ । लामो समयदेखि बढ्दै गएको तेलको मूल्य अहिले आएर घट्न थालेको हो । अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य घटेपछि त्यसको प्रभाव स्थानीय बजारमा पर्न गएको व्यवसायीको भनाइ छ । तेलका लागि आवश्यक पर्ने कच्चा पदार्थको मूल्य घटेपछि बजारमा उद्योगीले समेत घटाउन थालेको उनीहरूले बताएका छन् ।
नेपाल वनस्पति घिउ उत्पादक संघका महासचिव अमित मोरले भटमास र सनफ्लावरको तेलको फ्याक्ट्री मूल्य लिटरमा १५ देखि २० रुपैयाँमा घटेको जानकारी दिए । “एक सातादेखि अन्तर्राष्ट्रिय बजारमा भटमासको १५ र सनफ्लावरको कच्चा पदार्थमा २० प्रतिशत मूल्य घटेको छ,” उनले भने, “उद्योगीले तेलमा अधिकतम खुद्रा मूल्य (एमआरपी) घटाएर पठाइसकेका छन् ।”
संघका अनुसार यसअघि प्रतिलिटर २ सय २५ रुपैयाँ रहेको भटमासको तेलको फ्याक्ट्री मूल्य घटेर २ सय १५ रुपैयाँमा झरेको छ । यस्तै यसअघि प्रतिलिटर २ सय ४५ रुपैयाँ रहेको सनफ्लावरको तेलको मूल्य २ सय २५ देखि २ सय ३० रुपैयाँमा झरेको छ ।”
उद्योगीले मूल्य घटाए पनि बजारमा अझै खुद्रा मूल्य घट्न नसकेको उपभोक्ताको गुनासो छ । अन्तर्राष्ट्रिय बजारमा मूल्य घटेर आएकाले सूर्यमुखी र भटमासको तेलमा उद्योगीले प्रतिकार्टु्न ५० रुपैयाँ घटाएका छन् ।
-कारोबार दैनिकबाट