लर्ड बुद्ध एजुकेसन फाउन्डेसन क्याम्पसका संस्थापक केजरीवालको निधन
काठमाडौं, ८, असार । नेपालको पहिलो सुचना प्रविधि कलेज लर्ड बुद्ध एजुकेसन फाउन्डेसन क्याम्पसका संस्थापक परमानन्द केजरीवालको ६६ वर्षको उमेरमा काठमाडौंमा आइतबार असामयिक निधन भएको छ । केजरीवालको जन्म १२ जुलाई १९५५ मा जनकपुरधाममा भएको थियो । शिक्षा प्रेमी केजरीवालले नेपालमा आधुनिक शिक्षाको विकास गर्नको लागी सन् १९९८ मा लर्ड बुद्ध एजुकेसन फाउन्डेसनको स्थापना गरेका थिए ।
लर्ड बुद्ध एजुकेसन फाउन्डेसनले अन्तर्राष्ट्रिय शैक्षिक संस्थासँग आवद्ध भई नेपालमै सस्तो र सुलभ तरिकाबाट सुचना प्रविधि, व्यापार व्यवस्थापन र जैविक प्रविधि जस्ता अत्याधुनिक विषयहरुको पठनपाठन गर्दै आइरहेको छ ।