image
image

अमेरिकाले नेपाललाई थप खोप दिने

काठमाडौँ ८ असार । अमेरिकाले नेपाललगायत एसियाली मुलुकहरूलाई थप १ करोड ६० लाख खोप दिने भएको छ । अमेरिकाले वितरण गर्न लागेको ५ करोड ५० लाख खोपमध्ये नेपाललगायत एसियाली मुलुकका लागि १ करोड ६० लाख खोप छुट्याइएको हो । 


यसमध्ये नेपालले कति पाउँछ भनेर चाहिँ छुट्याइएको छैन । सबै खोप कोभ्याक्स सुविधाबाट प्रदान गरिने ह्वाइट हाउसले जानकारी दिएको छ । 


यसअघि गत जेठ २० मा पनि अमेरिकाले नेपाललगायत एसियाली मुलुकहरूलाई ७० लाख खोप दिने घोषणा गरेको थियो । कोभिड–१९ बिरुद्धको लडाइँमा अमेरिकाले ८ करोड डोज खोप वितरण गर्ने लक्ष्य लिएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।