image
आर्थिक वृद्धिमा भारि गिरावट । 

आर्थिक वृद्धिमा भारि गिरावट । 

विगत लामो समय देखि कोरोना  भाइरस बाट विश्व नै ग्रसित बनिरह्दा नेपाल पनि कारोना  भाइरसको संक्रमण बाट टाढा रहन सकेन | कोरोना भाइरसका कारण लामो समय सम्म व्यापार व्यवसाय पनि केहि महिना ठप्प नै रह्यो त्यसैका कारण अघिल्लो आर्थिक वर्ष २०७६÷०७७ को आर्थिक वृद्धि खुम्चिएर ०.६ प्रतिशतमात्र हुने अनुमान गरेको छ ।
यसअघि राष्ट्रिय योजना आयोग अन्तर्गतको केन्द्रीय तथ्यांक विभागले २.२७ प्रतिशत कुल गार्हस्थ्य उत्पादन (जीडीपी) को वृद्धि हुने अनुमान गरेको भए पनि कोरोना कहरका कारण अर्थतन्त्र खुम्चिएर ०.६ प्रतिशत हुने आयोगले जनाएको हो ।
विश्व बैंकले भने गत आर्थिक वर्षको वृद्धिदर ०.२ प्रतिशत हुने अनुमान सार्वजनिक गरिसकेको छ । प्रधानमन्त्री एवं राष्ट्रिय विकास समस्या समाधान समितिका अध्यक्ष प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा भएको राष्ट्रिय विकास समस्या समाधान समितिको ४८ औं बैठकमा उपाध्यक्ष डा. पुष्पराज कँडेलले प्रस्तुत गरेको प्रतिवेदनका अनुसार कोभिड–१९ अघि ६.२ प्रतिशतको अनुमान गरेकोमा कोभिडका कारण अर्थतन्त्रमा ५.६ प्रतिशत क्षति भएको छ भने कुल उत्पादनमा ३ खर्ब २२ अर्ब र कुल मूल्य अभिवृद्धिमा १ खर्ब ६६ अर्ब बराबरको क्षति भएको छ । 
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।