image
image

लमजुङमा बर्खे धान रोपाइँ शुरु

काठमाडौं, ८, असार । असार शुरु भएसँगै लमजुङका विभिन्न भागहरुमा बर्खेधान रोपाइँ शुरु भएको छ । सिँचाई समस्या नभएका खोला तथा ढाप खेतहरुमा धान रोपाइँ शुरु भएको हो । जिल्लामा करिव १६ हजार हेक्टर क्षेत्रफलमा बर्खे धान लगाउने कृषि कार्यालयको दाबी छ । जिल्लामा मस्र्याङदीको घेर्मु, ताघ्रिङ, राईनास, मध्यनेपाल, बेसीशहर लगायतका ठाउँहरुमा धमाधम रोपाइँ शुरु भएको छ । 

दोश्रो लहरको कोरोना भाईरस संक्रमण जोखिमसँगै स्थानिय प्रशासनले जारी गरेको निषेधाज्ञाका कारण अन्य क्षेत्रमा प्रभाव पारेपनि जिल्लामा यसवर्ष पनि धान उत्पादन बढ्ने अनुमान छ । अघिल्ला बर्षहरुमा बाँझो रहेका जमिनहरुमा गतवर्ष पनि रोपाइँ केहि प्रतिशत बृद्धि भएको थियो ।     

लकडाउनका कारण राजधानी लगायत अन्य शहरमा बस्दै आएकाहरु गाउँ फर्किएपछि धान रोपाइँ बढेको कृषि ज्ञानकेन्द्र लमजुङको दाबी छ । अघिल्ला वर्षहरुमा जनशक्ति नभएकै कारण रोपाइँ हुन नसकेर बाँझो बसेका जमिनहरु गतवर्ष रोपाइँ भएको पाइएको थियो । अघिल्लो बर्ष जिल्लामा पाँचदेखि सात प्रतिशतले रोपाइँ बढेको कृषि ज्ञानकेन्द्र लमजुङका सूचना अधिकारी मदन रेग्मीले बताए । 

यसवर्ष पर्याप्त जनशक्ति र समयमै बर्षा भएको र समयमै खेत रोपाइँ शुरु भएकोले धान उत्पादन पनि बृद्धि हुने अनुमान गरिएको छ । कृषि ज्ञानकेन्द्र लमजुङका अनुसार जिल्लाका ४५ हजार ५० हेक्टर क्षेत्रफल जमिन खेतीयोग्य मध्ये १६ हजार हेक्टर क्षेत्रफलमा धान खेती हुँदै आएको छ ।जिल्लाका उत्तरी भेग तथा पाखा खेतहरुमा भने साउनको दोश्रो सातासम्म पनि रोपाइँ हुने गर्दछ । धान रोपाई हुने खेत मध्ये गतवर्ष ९० प्रतिशत भन्दा बढि खेतमा रोपाइँ भएको कार्यालयले जनाएको छ । 

यसवर्ष पनि असारको पहिलो हप्तामै जिल्लाको मध्यनेपाल नगरपालिका अन्तर्गत मिदिम, रिस्ती लगायतका विभिन्न खोला खेतहरुमा भने बाढीले क्षती पुर्याएको छ । यद्यपी धान रोप्ते समय बल्ल शुरु भएकोले उक्त खेतहरुमा रोपाइँ गर्न सकिने जनाइएको छ । जिल्लामा करिव एकहजार हेक्टर क्षेत्रफलमा चैतेधान खेती हुदै आएको छ । जिल्लाका किसानले सुनौलो सुगन्ध, रामधान, जेठोबूढो, एक्ले, सुख्खा २, सावित्री, लोकतन्त्र,  गोरखनाथ, युएस ३१२, मकवानपुर, मनसुली लगायत जातका धान लगाउँदै आएका छन् । 

जिल्लामा वार्षिक ५० हजार भन्दा बढि मेट्रिक टन धान उत्पादन हुने कृषि कार्यलयको दावि छ । सिञ्चाइको ब्यवस्था थप गर्नसके जिल्लामा धान खेती पनि विस्तार सकिने प्राविधिकहरु बताउछन् । 
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।