मन्त्रिपषिद् पुनर्गठनविरुद्धको मुद्दा आज सुनुवाइ
काठमाडौँ, ८, असार । मन्त्रिपरिषद् पुनर्गठन र विस्तारविस्तारविरुद्ध परेका रिटमा आज सुनुवाइ हुँदैछ । वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीसहित ६ जनाले दायर गरेको रिटमा न्यायाधिस इश्वर खतिवडा इजलासले अन्तरिम आदेश नदिई मन्त्रिपरिषद् पुनर्गठनको कारण लिखित रुपमा पेश गर्न आदेश दिएको थियो । सर्वोच्चले लिखित जवाफ माग गरेपछि फेरि मन्त्रिपरिषद् विस्तार गरेकाले पुरक निवेदनसमेत परेको छ । रिटमा कामचलाउ प्रधानमन्त्रिले गरेको मन्त्रिपषिद् पुनर्गठन असंवैधानिक भन्दै अन्तरिम आदेशमार्फत बदर गर्न माग गरिएको छ ।









