image
image

नुवाकोटको दुप्चेश्वर गाउँपालिकाद्वरा हेलम्बुका बाढीपीडितलाई ५ लाख सहयोग 

काठमाडौँ, ७, असार । नुवाकोटको दुप्चेश्वर गाउँपालिकाले सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिकाले स्थापना गरेको विपद् व्यवस्थापन कोषमा पाँच लाख रुपैयाँ सहयोग गर्ने भएको छ। 

हालै मेलम्ची र इन्द्रावती खोलामा आएको बाढीपहिरोबाट प्रभावितका लागि दुप्चेश्वर गाउँपालिकाले उक्त सहयोग गर्ने निर्णय गरेको गाउँपालिका अध्यक्ष योविन्द्रसिंह तामाङले जानकारी दिएका छन्। उनले हेलम्बु गाउँ कार्यपालिकाको कार्यालयलाई पत्र लेख्दै उक्त जानकारी दिएका हुन्।

हाम्रो छिमेकी जिल्ला सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिकामा हालसालै आएको बाढी र पहिरोले पुर्‍याएको धनजनको क्षतिप्रति दुस्ख व्यक्त गर्दै यस दुस्खद् क्षणमा सम्पूर्णमा सहयोगको लागि अपिल गर्दै यस गाउँ कार्यपालिकाको मिति २०७८/३र०६ गतेको बैठकबाट हेलम्बु गाउँपालिकाको विपद् व्यवस्थापन कोषमा पाँच लाख रुपैयाँ आर्थिक सहयोग प्रदान गर्ने निर्णय गरिएको जानकारीको लागि अनुरोध छ, पत्रमा उल्लेख छ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।