image
image

बैंकिङ कसुर मुद्दाका फरार प्रतिवादी पक्राउ 

काठमाडौँ । बैंकिङ कसुर मुद्दाका फरार प्रतिवादी मणिकुमार थापालाई प्रहरीले पक्राउ गरेको छ । ललितपुरको महालक्ष्मी नगरपालिका–६, इमाडोल बस्ने ५५ वर्षीय थापालाई कोटेश्वरबाट पक्राउ गरिएको हो ।

उनले घर जग्गा कारोबार गर्ने शिलशिलामा विभिन्न व्यक्तिसँग रकम लिई सोबापत बैंकको चेक काटिदिने र बैंकमा पैसा जम्मा नगरी सम्पर्कविहीन हुने गरेको पाइएपछि पक्राउ गरिएको महानगरीय अपराध महाशाखाले जनाएको छ ।

अनुसन्धानको क्रममा थापा महानगरीय प्रहरी परिसर काठमाडौं, महानगरीय प्रहरी परिसर ललितपुर र महानगरीय प्रहरी वृत्त सातदोबाटोमा बैंकिङ कसुर मुद्दामा समेत फरार रहेको खुल्न आएको महाशाखाले जनाएको छ ।
 
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।