image
image

क्यानले राष्ट्रिय क्रिकेट टिमको नयाँ जर्सी छनोटका लागि ४ सदस्सीय समिति गठन

काठमाडौं, ७, असार। नेपाल क्रिकेट संघ क्यानले राष्ट्रिय क्रिकेट टिमको नयाँ जर्सी छनोटका लागि ४ सदस्सीय समिति गठन गरेको छ ।  
समितिमा क्यानका केन्द्रिय सदस्य छुम्बी लामा, जेनेरल म्यानेजर रौनक मल्ल र क्रिकेट म्यानेजर विनोद दास रहेका छन् । प्रायोजकबाट रहेका सदस्यको नाम खुलाईएको छैन ।

क्यानले तयार गरेको समितिले आवेदन परेको मध्येबाट उत्कृष्ट डिजाइन भएको जर्सी छनोट गर्नेछ । र, क्यानको बोर्डमा पेश गर्नेछ । क्यानको बोर्डले जर्सीको अन्तिम छनोट गर्नेछ ।

क्यानले पहिलो पटक खुल्ला प्रतिस्पर्धाबाट राष्ट्रिय टिमको जर्सी छनोट गर्न लागेको हो । क्यान र नेपाली राष्ट्रिय क्रिकेट टोलीको मुख्य प्रायोजक माई सेकेन्ड टिचर, एमएसटी ले दुई साता अघि जर्सी डिजाइन गर्नका लागि प्रतिस्पर्धा खुल्ला गरेको थियो ।

क्यानले ५ सय बढी जर्सीको डिजाइन प्राप्त भएको समेत जनाएको छ ।

उत्कृष्ट जर्सी डिजाइन गर्नेले एक लाख पुरस्कार पाउने छन् ।



 
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।