ज्वाला संग्रौलाको समूहमाथि कस्तो खालको मुद्दा चल्छ?
काठमाडौँ, ७, असार । सामाजिक अभियान्ता ज्वाला संग्रौलासहित तीन जनालाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा ज्वालासहित उनका श्रीमान हिमाल उपाध्याय र सर्मिला वाइबा रहेका छन्। युवा संघकी केन्द्रीय सदस्य खुस्बु घिमिरेको उजुरीपछि महानगरीय प्रहरी परिसर टेकुले पक्राउ गरी उनीहरूलाई हिरासतमा राखेको थियो। खुस्बुले महानगरीय प्रहरी वृत्त गौशाला यसअघि प्रहरीले उनीहरूका विरुद्ध कुनैपनि एक्सन लिन सकेको थिएन्। पक्राउ परेका तिनै जनालाई म्याद थपका लागि अदालतमा लगिएको छ।
प्रहरीले तिनै जनामाथि अभद्र व्यवहार मुद्दा चलाइने महानगरीय प्रहरी परिसरका प्रवक्ता एसपी रमेश बस्नेतले बताए। कुटपिट अभियोगमा पक्राउ परेका तिनै जनामाथि अभद्र व्यवहारमा मुद्दा चलाउन लागिएको हो। त्यस्तै प्रहरीमाथि गरेको रंगभेदी अभिव्यक्तिमाथि पनि अनुसन्धान गरिने एसपी बस्नेतले बताए।
मुलुकी अपराध संहिताको दफा ११८ (१)मा भनिएको छ,–‘कसैले सार्वजनिक स्थान वा प्रवेश गर्न कानूनी अधिकार नभएको ठाँउमा प्रवेश गरी कसैलाई अभ्रद व्यवहार गर्न वा सार्वजनिक स्थानमा महिला, बालबालिका वा शारीरिक रूपमा अशक्त व्यक्तिलाई हातपात वा हैरानी गर्न वा त्यसको उद्योग गर्न हुँदैन।’यस्तो गरेको पाइएमा एक वर्षसम्म कैद वा १० हजार रूपैयाँ जरिवाना वा दुवै सजाय हुने व्यवस्था कानूनले गरेको छ।
नागरिक अभियान्ता भन्दै बताउँदै ज्वाला र उनको समूहले ट्राफिक प्रहरी असई मणिकान्त झामाथि रंगभेदी अभिव्यक्ति दिएको थियो। उक्त अभिव्यक्तिपछि सामाजिक सञ्जाल र सञ्चारमाध्यमले उठान गरेका थिए। यो विषयले चर्चा पाएपछि प्रहरीले बल्ल अनुसन्धान थालेको हो।