टिपरको ठक्करबाट मोरङमा दुई जनाको मृत्यु
शनिबार बेलुका साढे ७ बजे टिपरले मोटरसाइकललाई ठक्कर दिँदा दुई जनाको मृत्यु भएको थियो । टिपरको नम्बर भने खुल्न सकेको छैन । पश्चिमतर्फ जाँदै गरेको टिपरले को ३६प५९७९ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको थियो । ठक्करबाट इटहरी उपमहानरपालिका –४ का ३४ वर्षीय दिपु साह र धनकुटा नगरपलिका–७ का ५० वर्षीय कृष्णबहादुर थापा छन् ।
प्रहरीका अनुसार सुन्दरहरैचा–९ स्थित पूर्वपश्चिम राजमार्गमा टिपररले मोटरसाइकललाई ठक्कर दिएको थियो । दुबै जनाको उपचारको क्रममा बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा मृत्यु भएको प्रहरीले जनाएको छ । ठक्कर दिएर भागेको टिपर अहिलेसम्म फेला नपरेको इलाका प्रहरी कार्यालय बेलबारीले जनाएको छ । फरार टिपरको खाजी भइरहेका इलाका प्रहरी कार्यालय बेलबारीका प्रहरी निरीक्षक सरोज खनालले बताए ।