image
image

स्याउ तस्करीमा प्रहरी मिलेमतो : १ हजार ३५० कार्टुन स्याउका विषयमा अनुसन्धान शुरू

विराटनगर । तीनओटा नेपाली ट्रकमा लोड भएको १ हजार ३५० कार्टुन चाइनिज स्याउ भारतीय सुरक्षा बलले नियन्त्रणमा लिएपछि अहिले नेपाल र भारत दुवैतिरका प्रहरी निलम्बित भएका छन् । भारतमा प्रतिबन्ध लगाइएको चिनियाँ स्याउ जफत भएपछि नेपाल र भारत दुवैतिर प्रहरी सेटिङमा स्याउको तस्करी हुने गरेको रहस्य खुलेको छ ।

५ दिनअघि भारतको वीरपुरमा तीन ट्रक स्याउसहित नियन्त्रणमा लिइएपछि नेपालका सीमाक्षेत्रका चार प्रहरी र भारतीय सीमाका प्रहरीहरू निलम्बित गरिएका हुन् । 

चोरीको बाटो भारतको वीरपुरको इँटाभट्टाभित्र राखिएका तीन नेपाली ट्रक अहिले भारतीय एसएसबीको नियन्त्रणमा छन् । मिलेमतोमा चाइनिज स्याउ भारत पठाएको अभियोगमा सीमाक्षेत्रका प्रहरी चौकी र इलाका प्रहरी कार्यालयका समेत गरी नेपाल प्रहरीका ३४ जनालाई कार्यस्थलबाट जिल्ला प्रहरी कार्यालय सुनसरी तानिएको छ । त्यसैगरी सशस्त्र प्रहरीका १५ जना सुरक्षाकर्मीलाई कार्यस्थलबाट फिर्ता बोलाइएको छ ।

सुनसरी प्रहरीको संरक्षणमा सुनसरीको लौकही नाकाबाट तीनओटा नेपाली ट्रकमा स्याउ भारत पुगेपछि नेपाल प्रहरी र सशस्त्र प्रहरीले छुट्टाछुट्टै समिति बनाएर छानविन शुरू भएको छ । घटनाको सत्यतथ्य बाहिर ल्याउन नेपाल प्रहरी र सशस्त्र प्रहरीले एसएसपीको नेतृत्वमा छुट्टाछुट्टै समिति बनाएर अनुसन्धान शुरू गरेको हो । 
-आर्थिक अभियान दैनिकबाट
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।