ओलम्पिकका लागि टोकियो आएका खेलाडीमा कोरोना संक्रमण
काठमाडौँ, ७, असार। जपाको टोकियोमा हुन लागेको ओलम्पिकमा सहभागी हुन आइपुगेका युगाण्डाका एक खेलाडीमा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । २३ जुलाई देखि ८ अगस्टसम्म ओलम्पिक हुँदैछ । ओलम्किका लागि आएका कुनै टोलीका खेलाडीमा कोरोना देखिएको यो पहिलो घटना हो । संक्रमित खेलाडी क्वारेन्टाइनमा बसेका छन् । युगाण्डाबाट हिँड्दा सबैको रिपोर्ट नेगेटिभ थियो । कोरोना भाइररस संक्रमण महामारी बढ्न थालेपछि त्यहाँ कडा नियम लगाइएको छ ।









