थपिएको निषेधाज्ञामा पसलहरु बार अनुसार खोल्न पाइने, कुन बार के खुल्छ ?
काठमाडौँ ६ असार । काठमाडौँ उउपत्यकाम थपिएको निषेधाज्ञामा अब पसलहरु बार अनुसार संचालन गर्न पाइने भएको छ । आज उपत्यकाका तीनवटै जिल्लाका प्रमुख जिल्ला अधिकारीको बैठकले निषेधाज्ञा खुकुलोको निर्णय लिईएको हो ।
बैठकको निर्णय अनुसार सोमबार, बुधबार र शुक्रबार ११ बजेदेखि ४ बजेसम्म सपिङ मल, कपडा, जुत्ता, साडी, कस्मेटिक्स, फेन्सी टेलरिङ पसल खोल्न दिइनेछ। खाद्यान्न, दूध, किताब पसललगायतका पसलहरू बिहान ११ बजेसम्ममात्र खोल्न दिइनेछ। रेष्टुरेन्ट, होटलहरूले भने टेक अवे र होम डेलिभरी गर्न पाउनेछन्। निर्माण सामग्रीका पसलहरू बिहान ११ देखि साँझ ६ बजेसम्म खोल्न पाइने भएको छ ।