image
image

चन्द्रागिरी हिल्सको आईपीओ लगानीकर्ताको डिम्याट खातामा जम्मा हुने 

काठमाडौं । चन्द्रागिरी हिल्सको साधारण शेयर (आईपीओ) लगानीकर्ताको डिम्याट खातामा जम्मा भएको छ । सिडिएस एण्ड क्लियरिङ्ग लिमिटेडले कम्पनीको आईपीओ बुधबार गोलाप्रथाबाट शेयर प्राप्त गरेका शेयरधनीको खातामा जम्मा गरेको हो ।

कम्पनीले आगामी साताको आइतबारदेखि नै धितोपत्रको दोस्रो बजारमा कारोबार गराउने पनि जनाएको छ । चन्द्रागिरी हिल्सले सर्वसाधारणमा पुस २४ गते २८ गतेसम्म १५ लाख ३४ हजार ९१ कित्ता शेयर जारी गरेकोमा कर्मचारी र सामुहिक लगानी कोषलाई छुट्टाएर १३ लाख ९६ हजार २२ कित्ता शेयरका लागि सर्वसाधारणबाट आवेदन माग गरेको थियो ।

उक्त शेयर माघ ९ गते शुक्रबार बाँडफाँड गरिएको थियो । जसमा १ लाख ३९ हजार ६०० जनाले गोलाप्रथाबाट १० कित्ताका दरले र २ जनाले ११ कित्ता पाएका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।