image
image

दाङमा जडीबुटी खेती कार्यक्रम शुरु

काठमाडौँ, ६, असार। डिभिजन वन कार्यालय दाङले जडीबुटीका बिरुवा निःशुल्क उपलब्ध गराएको छ । बिरुवा हुर्काउने किसानलाई प्रोत्साहनस्वरुप प्रतिबिरुवा रु तीन नगद अनुदान उपलब्ध गराउने कार्यक्रमसमेत ल्याइएको छ । सुगन्धकोकिला, टिमुर, दालचिनी, कुरिलो, अमला, सर्पगन्धालगायत जडीबुटीको व्यावसायिक खेतीको प्रचुर सम्भावना बोकेको जिल्ला भएकाले यहाँ जडीबुटी खेती गर्न चाहने किसानलाई प्रोत्साहन गर्नका लागि यस वर्ष सर्वोत्तम बहुउद्देश्यीय सहकारी संस्थाको सहकार्यमा किसानलाई राहत र प्रोत्साहन हुने गरी कार्यक्रम सञ्चालन गरिएको डिभिजन वन कार्यालयले जनाएको छ । 

सहकारीमार्फत जडीबुटी विस्तार कार्यक्रमबाट यस वर्ष करीब ७५ हजार जडीबुटीका बिरुवा रोप्ने गरी कार्यक्रम अघि बढाइएको डिभिजन वन कार्यालययका प्रमुख विजयराज सुवेदीले जानकारी दिए। उनका अनुसार जडीबुटीको पकेट क्षेत्र मानिएको दाङको पहाडी भेगमा पर्ने बङ्गलाचुली गाउँपालिकाका पाँच वडा र  घोराही उपमहानगरपालिकाका दुई गरी जम्मा सात वडामा जडीबुटी खेती विस्तार कार्यक्रम शुरु गरिएको छ । सो कार्यक्रमअन्तर्गत किसानलाई टिमुर, तेजपात र मालागेडी जातका बिरुवा निःशुल्क उपलब्ध गराइने भएको छ । 

खेर गइरहेको वा कम उत्पादनशील निजी जग्गामा जडीबुटी खेती गरी किसानलाई व्यावसायिक र उद्यमी बनाउने तथा यही अभियानमार्फत गाउँगाउँमा समृद्धिको मार्ग प्रशस्त गर्ने कार्यक्रमको उद्देश्य रहेको डिभिजन वन कार्यालयका सहायक वन अधिकृत एवं सूचना अधिकारी खिमबहादुर केसीले जानकारी दिए । यसका लागि किसानले कम्तीमा दुई कट्ठा क्षेत्रफलमा बिरुवा रोपण गर्नुपर्ने व्यवस्था अघि सारिएको छ । 

सो व्यवस्थाअुनसार दुई कट्ठा जमीनमा पाँच÷पाँच मिटरको दूरीका हिसाबले पूरै जग्गामा जडीबुटीका बिरुवा लगाउँदा करीब २५ बोट लगाउनुपर्ने व्यवस्था गरिएको छ । यसरी लगाइएका जडीबुटीका बिरुवा हुर्काउने किसानलाई अनुगमनपछि प्रतिजीवित बिरुवा रु तीनका दरले स्यहारसम्भार प्रोत्साहन प्रदान गरिने सहायक वन अधिकृत केसीले जानकारी दिए।

किसानलाई दिइने बिरुवाको अधिकांश हिस्सा डिभिजन वन कार्यालयले आफैँले उत्पादन गरेका बहुवर्षीय (ठूलो आकार पुगेका) टिमुर, दालचिनी र मालागेडी हुने तथा नपुग बिरुवा खरीद गरेरसमेत दिन सकिने सूचना अधिकारी खिमबहादुर केसीले जानकारी दिए। 

प्रत्येक वडामा एकजनाका दरले सात सहजकर्ता र सहकर्तालाई परिचालन गर्ने एक सुपरभाइजर परिचालन गरी अहिले किसानले लगाउन खोजेको जडीबुटीका बिरुवा, जडीबुटीको जात र परिमाण, जडीबुटी लगाउने जग्गाको क्षेत्रफल, बिरुवा ढुवानी तथा वितरणका लागि सुरक्षित स्थानमा व्यवस्थापन र वितरणका लागि आवश्यक रणनीति बनाउने काम गाउँ तहमा भइरहेको छ । 

बिरुवा वितरण तथा वृक्षरोपण सहजकर्तालाई जडीबुटी खेती विस्तारसम्बन्धी ज्ञान तथा सीप विकास सहजकर्तालाई अभिमुखीकरण गरी काममा लगाइएको सर्वोत्तम बहुउद्देश्यीय सहकारी संस्थाका अध्यक्ष धु्रव पौडेलले जानकारी दिए।

लुम्बिनी प्रदेशको नीति तथा कार्यक्रममा दाङ पनि जडीबुटीका लागि प्रसिद्ध जिल्ला भएको भन्दै जडीबुटी लक्षित कार्यक्रम सञ्चालन गर्नुपर्ने उल्लेख छ ।कार्यालयले गत वर्ष टिमुर वर्ष कार्यक्रम घोषणा गरी एक लाखभन्दा बढी बिरुवा लगाएको थियो । गत वर्ष लगाइएका अधिकांश बिरुवा हुर्किएको कार्यालयले जनाएको छ । 
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।