image
image

पत्रकार महासंघले सोमबारदेखि सञ्चार गृह अनुगमन गर्ने निर्णय

काठमाडौँ, ६, असार । सञ्चार गृहहरूले श्रमजीवि पत्रकारलाई कामबाट हटाउने र पारिश्रमिक नदिने गुनासा आएको नेपाल पत्रकार महासंघले बताएको छ।कोरोना भाइरस संक्रमण महामारीका कारण उत्पन्न कठिन परिस्थितिमा कुनै पनि सञ्चार प्रतिष्ठान आफ्ना कर्मचारी र कामदारप्रतिको दायित्वबाट पन्छिन नमिल्ने पनि महासंघको भनाइ छ।

‘कोरोना संक्रमणलाई बहाना बनाउँदै केही सञ्चार गृहहरुले श्रमजीवी पत्रकारहरुलाई कामबाट हटाउने, पारिश्रमिक नदिने, पारिश्रमिक घटाउने र बेतलबी बिदा दिनेजस्ता क्रियाकलाप बढाएकोप्रति नेपाल पत्रकार महासंघको गम्भीर ध्यानाकर्षण भएको छ,’ महासचिव रोशन पुरीले आज विज्ञप्ति निकालेर भनेका छन्।

श्रमजीवी पत्रकारलाई कामबाट हटाउने कार्य तत्काल रोक्न, पारिश्रमिक नपाएका पत्रकारलाई नियमित पारिश्रमिक उपलब्ध गराउन, खाइपाइ आएको पारिश्रमिक नघटाउन र बेतलबी बिदामा नराख्न महासंघले आग्रह गरेको छ।अहोरात्र खटिरहेका सञ्चारकर्मीको व्यावसायिक सुरक्षाको सम्मान गरी श्रमजीवी पत्रकार ऐन र अन्य ऐनले तोकेअनुसारको सेवा–सुविधा प्रदान गर्न गराउन पनि महासंघले आग्रह गरेको छ।

श्रमजीवी पत्रकारले भोगेका समस्याका बारेमा औपचारिक र अनौपचारिक जानकारी गराउन महासंघले आग्रह पनि गरेको छ।साथै महासंघ केन्द्रीय समितिले असार सोमबारदेखि विभिन्न सञ्चार गृहहरुमा अनुगमन गर्ने भएको बताएको छ।सो अनुगमनपछि प्राप्त प्रतिवेदनका आधारमा सञ्चार गृहका सम्बन्धमा आवश्यक निर्णय लिएर महासंघ दबाबमूलक कार्यक्रम र कानुनी संघर्षमा जाने महासचिव पुरीले बताएका छन्।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।