image
image

महाकाली नदीमा आएको बाढीले निर्माणाधीन पुलको बाँध बगायो, ८ घर डुबानमा

काठमाडौँ, ६, असार। महाकाली नदीमा आएको बाढीले कञ्चनपुरमा निर्माणाधीन अवस्थामा रहेको मोटेरेवल पुलको बाँध बगाएको छ ।भीमदत्त नगरपालिका–१२ ओदालीस्थित महाकाली नदीमा निर्माण भइरहेको पक्की पुलको करीब ९० मिटर अस्थायी बाँध शनिबार राति आएको बाढीले बगाएको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक अमरबहादुर थापाले शुक्रबारदेखि नै ड्याम काटिरहेको नदीले राति बहाव बढेपछि ९० मिटर क्षेत्रको बाँध बगाएको जानकारी दिए । तटीय क्षेत्रन जिकै पर्ने दोधारा चाँदनी नगरपालिका–१० को कुतियाकबर, शान्ति टोल र बैदीफाँटाका ८ वटा घरमा नदीको पानी पसेको छ । प्रहरी नायब उपरीक्षक थापाका अनुसार घरभित्र पानी पसे पनि मानवीय तथा भौतिक क्षति भउको छैन । विस्थापित भएकाहरु आफन्त घरमा बसेका छन् ।

पहाडी जिल्लामा लगातार भइरहेको वर्षका कारण महाकाली नदीमा पानीको सहत बढ्ने, घट्ने क्रम जारी रहेको छ ।शनिबार राति दुई बजेतिर दुई लाख ४७ हजार क्युसेक मापन गरिएको पानीको सतह बिहानैदेखि वर्ष रोकिएकाले घट्दो क्रममा रहेको प्रहरी नायब उपरीक्षक थापाले बताए ।

उनका अनुसार बिहान ८ बजेतिर घटेर दुई लाख २३ हजार क्युसेकमा झरेको पानीको सतह अहिले दुई लाख १३ हजार क्युसेक पुगेको छ । नेपाल रेडक्रस सोसाइटी दोधारा चाँदनी उपशाखाले भने महाकाली र जोगबुढा नदीको पानीगाउँ पसेपछि दोधारा चाँदनी नगरपालिका–१० का करिब ७० घरमा क्षतिपुगेको जनाएको छ ।

नेपाल रेडक्रस सोसाइटी दोधारा चाँदनी उपशाखाकी कार्य समिति सदस्य कोमल उपाध्यायले ८ परिवार पूर्णरुपमा विस्थापित भएको र कुतियाकबर, शान्ति टोल र बैदीफाँटाका ७० घर भित्र पानी पसेर आशिंक क्षति भएको बताइन् ।आइतबार बिहान प्रभावित क्षेत्रमा स्थलगत अनुगमनमा पुगेकी उपाध्यायले पानी पसे पनि उनीहरु घरभित्रै बसिरहेको बताइन् ।

अहिले पानीको बहाव घट्दै गएका कारण ठूलो क्षति भने नभएको र नेपाल रेडक्रस सोसाइटी पनि उद्दारको काममा जुटेको उनले बताइन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।