अहिले भन्दा केही खुकुलो हुनेगरी उपत्यकामा फेरि निषेधाज्ञा थप्ने तयारी
काठमाडौं, ६, असार । केही प्रावधानलाई खुकुलो बनाउँदै उपत्यकामा फेरि एक साता निषेधाज्ञा थप्ने तयारी गरिएको छ ।आर्थिक क्षेत्र चलायमान बनाउनेगरी असार ८ देखि निषेधाज्ञा खुकुलो बनाउन लागिएको हो । करिब दुई महिना लामो निषेधाज्ञाले मजदूर वर्गसँगै अर्थतन्त्रमा समेत ठूलो असर पारेकाले मोडालिटी परिवर्तन गरेर निषेधाज्ञा थप्ने सरकारको तयारी छ ।
काठमाडौं उपत्यकामा पछिल्लो पटक थपिएको निषेधाज्ञा भोलि सोमबार सकिँदै छ । कोभिड संक्रमण बढेपछि उपत्यकामा गत वैशाख १६ गतेदेखि निषेधाज्ञा लागू छ । कोभिड संक्रमणदर केही कम भएपनि जोखिम कायमै रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बताउँदै आइरहेको छ । नागरिकले जनस्वास्थ्यका मापदण्ड पूर्ण रुपमा पालना गरे निषेधाज्ञा आफैं व्यवस्थित हुने विज्ञहरुको भनाइ छ ।
निषेधाज्ञाबारे छलफल गर्न आज काठमाडौं, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीहरुको बैठक बस्दैछ । बैठक साँझ ५ बजे बस्ने भक्तपुरका प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद भट्टराईले बताए । जनजीवनलाई सहज बनाउँदै अबको निषेधाज्ञालाई वैज्ञानिक, व्यावहारिक र व्यवस्थित खालको बनाइने प्रजिअ भट्टराईको भनाई छ ।
सरकारले भनेको स्मार्ट लकडाउन यस्तै हुन सक्ने उनले बताए । स्मार्ट लकडाउनबारे आफूलाई थाहा नभएको प्रजिअ भट्टराईले बताए। सरकारले भनेजस्तो स्मार्ट लकडाउन बारे हामीलाई केही जानकारी आएको छैन, अब थपिने निषेधाज्ञा अहिलेको भन्दा केही खुकुलो र व्यवस्थित हुन्छ, उनले भने।
कोभिड(१९ निर्देशक समितिले असार ८ देखि ुस्मार्ट लकडाउनु गर्ने निर्णय गरेको थियो । स्मार्ट लकडाउनको मोडालिटी बनाउने जिम्मा कोभिड—१९ संकट व्यवस्थापन समिति लाई दिइएको छ । तर सीसीएमसीले अझै निर्णय गरेको छैन ।