हेलम्बुका बाढीपीडितलाई खाद्यान्न सहयोग
काठमाडौँ, ६, असार । सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिकाका बाढीपीडितलाई सोलार र खाद्यान्नलगायत राहत सहयोग उपलब्ध गराइएको छ। बाढीबाट विस्थापित भएकाहरूलाई हेल्प डेस्क खैरहनी चितवनले शनिबार राहत उपलब्ध गराएको हो।
गत मंगलबार मेलम्चीमा आएको बाढीले हेलम्बुका स्थानीयको घर तथा जग्गा बगाएको छ।चार सय घर परिवारका लागि सोलार र खाद्यान्न तथा औषधि उपलब्ध गराइएको छ। उक्त राहत सामग्री नेपाली सेनामार्फत् हस्तान्तरण गरिएको छ । बाढीपीडितसमक्ष पुर्याउन सेनालाई उक्त सामग्री उपलब्ध गराइएको हो।
बाढीपीडितलाई हेल्प डेस्कले सहयोग गरेको बसन्त अधिकारीले बताए।