रोलिङ्ग कर्मशिल विदेशले गर्यो ‘नेपाली आप्रवासीहरूका लागि वित्तीय साक्षारता र रिटर्नी आप्रवासी व्यवस्थापन ' सम्बन्धि अन्तरक्रिया
काठमाडौँ ५ असार । रोलिङ्ग प्लान्सद्वारा संचालित रोलिगं नेक्ससको “रोलिङ्ग कर्मशील विदेश” ले जूम एप्स मार्फत ‘नेपाली आप्रवासीहरूका लागि वित्तीय साक्षारता र रिटर्नी आप्रवासी व्यवस्थापन’ सम्बन्धी अन्तरक्रिया कार्यक्रम सञ्चालन गरेको छ। शुक्रबार झन्डै २ घण्टा भएको उक्त वेबिनारमा वैदेशिक रोजगारीमा रहेकाहरुको वित्तिय व्यवस्थापन, मानव अधिकार, कामको अधिकार, आप्रवासीको पूर्ण एकीकरण नीति र सिप मूलक अवसरको पहिचानको विषयमा छलफल भएको छ ।
कर्मशीलको उक्त कार्यक्रममा कतारका लागि नेपाली राजदूत डा. नारदनाथ भारद्वाज,कन्ट्री डाईरेक्टर भरत कुमार, नेपाल राष्ट्र बैंकका निर्देशक गुरु प्रसाद पौडेल र प्रज्वल शर्माले छलफल गर्नुभएको थियो । उक्त कार्यक्रममा बोल्दै नेपाली राजदूत डा. नारदनाथ भारद्वाजले कतारमा नेपालीहरूको गैरकानुनी गतिविधि बढ्दो रहेको बताउनुभयो। नेपालबाट जाने श्रमिकमा वित्तिय साक्षारता कमजोर भएको कारण केही नेपालीले गैरकानूनी कुराहरूमा संलग्न भएको राजदूतको भनाई छ । त्यस्तै कतारमा कमाएको पैसा वैधानिक च्यानलबाट भन्दा पनि हुण्डीमार्फत पठाउने क्रियाकलापले जोखिम बढेको बताउनुभयो । साथै डा. भारद्धाजले कतारलाई मध्यपूर्वको उदयमान आर्थिक शक्तिको रुपमा व्याख्या गर्दै यसबाट देशले फाइदा लिनसक्नु पर्ने बताउनुभयो।
भारत कुमार पोख्रेलले नेपालले पनि कतार जस्तै आर्थिक उन्नति स्थापित हुने सक्ने मुलुक भएको धारणा राख्नुभयो । नेपालमा सिपयुक्त जनसक्ति कमि भएको बताउदै नेपाली आप्रवासी कामदारहरूको पुन: एकीकरण र नेपालमा रहेका अवसरहरू, फिर्ती र पुन: एकीकरण योजना, वित्तीय साक्षरता को प्रत्यक्ष लाभ जस्ता विषयमा प्रष्ट पार्नुभयो ।
त्यस्तै राष्ट्र निर्देशक गुरु प्रसाद पौडेलले रेमिटेन्स बटा पैसा पठाउदा फाइदा हुने बताउदै सुरक्षित् तवरबाट पैसा पठाउन अनुरोध गर्नुभयो । त्यस्तै नेपालमा आउने विप्रेषणको तथ्यांक सहित विप्रेषण व्यवस्थापनमा राष्ट्र बैंकको प्रयास, विप्रेषणको उपयोगमा राष्ट्र बैंकको प्रयास, वैदेशिक रोजगार वचतपत्रको महत्त्व, कार्यविधि, खरिद प्रक्रिया र विप्रेषण व्यवस्थापनमाको योजनाका विषयमा प्रष्ट्र पर्नुभयो। साथै उहाँले वालेट टु वालेट स्थानान्तरण गर्नु व्यवस्था गर्नुपर्ने कुरामा जोड दिनुभयो।
अन्तिम वक्ताका रुपमा प्रज्वल शर्माले नेपालका एन, मानव अधिकार र प्रावधानको विषयमा बोल्दै विप्रेषणको दिगो प्रयोगका लागि वित्तीय साक्षरता अपरिहार्य रहेको बताउनुभयो ।