image
image

‘कामीको छोरी’ भन्दै भाडामा कोठा नदिने घरबेटीविरुद्ध दिइन् जाहेरी 

काठमाडौँ, ४, असार । जातीय विभेद गर्दै कोठा भाडामा दिन नमान्ने एक घरबेटीविरुद्ध प्रहरीमा उजुरी परेको छ । इमेज टेलिभिजनकी उकाली–ओराली कार्यक्रमकी प्रस्तोता रुपा सुनारले महानगरीय प्रहरी वृत्त सिंहदरबारमा उजुरी दर्ता गरेकी हुन् । उजुरी दर्ताका लागि आज मध्याह्न १२ बजे नै उनी प्रहरी कार्यालय पुगेकी थिइन् । तर, प्रहरीले सुरुमा उजुरी दर्ता गर्न मानेको थिएन । अन्ततः ४ः५० बजे जाहेरी दर्ता गर्न सफल भएको रुपाले बताएकी छिन् । 

रुपाले केही समयअघि बबरमहलमा सरस्वती प्रधानको घरमा कोठा पक्का गरेकी थिइन् । कोठा भाडामा दिने पक्का भएपछि घरबेटीले जात सोधेकी थिइन् । उनले सुनार भनेपछि कोठा भाडामा दिन अस्वीकार गरेको रुपाको भनाइ छ । घरबेटीले ‘घरमा आमा हुनुहुन्छ, तिमीहरूलाई कोठा भाडामा दिन मिल्दैन’ भन्दै फर्काइदिएको रुपाको भनाइ छ । रुपाले उनले बोलेको अडियोसहित प्रहरी कार्यालयमा जाहेरी दिएकी हुन् । 

दिनभर प्रहरीले अडियो पुष्टि गर्ने आधार के हो ? भन्दै जाहेरी दर्ता गर्न अस्वीकार गर्दै आएको थियो । अन्ततः जाहेरी दर्ता गराउन सफल भएको रुपाको भनाइ छ । कोठा खोज्न जाने क्रममा एकजना साथीले भनेपछि उनी प्रधानको घरमा पुगेकी थिइन् । कोठा दिन तयार भइसकेपछि प्रधानले थरबारे सोधेकी थिइन् । त्यही क्रममा उनले आफू कामीको छोरी हुँ भनेपछि प्रधान केही बोलिनन् ।
 
फोन नम्बर मागिन् र केहीबेरमा फोन गरेर कोठा नदिने कुरा सुनाइन् । उक्त कुरा सुनाएपछि राति नै रुपाले सामाजिक सञ्जाल फेसबुकमार्फत सार्वजनिक गरेकी थिइन् । भिडियो सार्वजनिक गरेसँगै उक्त घटनाले चर्चा पाएको थियो । नेपालको कानुनले जातीय विभेद गर्न प्रतिबन्ध गरेको छ । जातीय भेदभाव तथा छुवाछुत ऐन, २०८६ ले जातीय विभेद गरेको खण्डमा तीन महिनादेखि पाँच वर्षसम्म कैद वा एक हजार रुपैयाँदेखि २५ हजार रुपैयाँसम्म जरिवाना वा दुवै सजाय हुने व्यवस्था गरेको छ । 
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।