image
image

गाउँमा उत्पादित आलुले बजार नपाएको भन्दै कृषकहरुको गुनासो

काठमाडौँ, ४, असार । हुम्लाको सदरमुकाम सिमकोट आसपासका क्षेत्रमा पर्याप्त मात्रामा आलु उत्पादन भए पनि बजार नपाएको कृषकहरुले गुनासो गरेका छन् ।कोरोना भाइरस सङ्क्रमण महामारीको दोस्रो लहर फैलिएसँगै जिल्लामा वैशाख २२ गते रातिबाट निषेधाज्ञा हुँदा, यसको सयमअवधि थपिदै गएपछि डाडाफया, ठेहे, हेल्दुम, माजा, छिप्रा याङ्चु गाउँका किसानले उत्पादन गरेको आलुले बजार पाउन नसकेको हुन् ।

मङ्सिर, पुषमा आलु रोपेर जेठ र असारमा बारीमा आलु फलेको भएपनि बिक्रीका लागी बजार नपाएर कुहिएर खेर जाने अवस्था रहेको डाडाफयाँ गाउँका किसान जुनकला शाहीले गुनासो पोखिन् ।उनले भनिन्, “सिमकोट बजारमा आलुले राम्रो मूल्य पाउनुका साथै बिक्री पनि हुन्छ, तर सरकारले गरेको निषेधाज्ञाका कारण सिमकोट जान नपाउँदा गाउँमा उत्पादन भएका आलु खेर जाने अवस्था रहेको छ । ” 

स्थानीय स्तरमा पर्याप्त मात्रामा आलु उत्पादन गरिए पनि उक्त आलुले बजार नपाएको किसानले बताउने गरेका छन् । बिक्रीका लागी गाउँबाट आलु सिमकोट सम्म पुरयायो भने प्रतिकेजी रु १०० देखि माथि बिक्री हुनुका साथै आलुको परिकार हेरेर बिक्री हुने र मूल्य पाइन्छ । 

पछिल्लो समय वैशाख २२ गतेदेखि जिल्लामा निषेधाज्ञा लागु भएयता गाउँका कृषकहरुले आलु विक्रिका लागि बजार नपाउँदा उत्पादनमा मात्रै सीमित रहेको पाइएको छ । सिमकोट गाउँपालिका वडा २ ठेहे गाउँका जानकला भण्डारीले भनिन् , “यो मौसममा आलु उत्पादनका लागि धेरै महेनत गरियो तर निषेधाज्ञाले जिल्ला सदरमुकाम सिमकोटसम्म गएर आलु बिक्री गर्न नपाएपछि घरमै थुपार्नु बाहेक अन्य विकल्प छैन्, ।”

विगतमा सदरमुकाम सिमकोटसम्म लगेर बिक्री गर्ने गरिन्थ्यो भने यो वर्ष कोभड १९ का कारण कतै पनि लान नपाएर घरमै कुवाएर राख्नु परेको उनको भनाइ छ । जिल्लामा नयाँ उत्पादन गरिएको आलुको मूल्य रु १ सय ५० रुपैया पर्ने गरेको छ । तर यो वर्ष आलुनै बिक्री गर्न नपाएपछि अन्य घरायसी सामग्री किनेर खान नपाउँदा दुखित भएको स्थानीय कृषक शाहीले बताए। जिल्लामा व्यावसायिक किसानले वर्षको दुई पटक आलु उत्पादन गर्ने गरेका छन् । 
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।