भारतमा कोरोना खोप लगाएका दुई स्वास्थ्यकर्मीको मृत्यु ।
६ माघ, काठमाडौं । भारतमा कोरोना भाइरस (कोभिड–१९) को खोप लगाएका दुई स्वास्थ्यकर्मीको मृत्यु भएको छ । भारतीय सञ्चारमाध्यमहरुले उल्लेख गरेअनुसार शनिबार कोरोना खोप लिएका दुई स्वास्थ्यकर्मीको आइतबार र सोमबार मृत्यु भएको हो । यद्यपि यी दुवै स्वास्थ्यकर्मीको मृत्युको कारण भने हृदयाघात भएको बताइएको छ ।
भारतीय सञ्चारमाध्यमहरुका अनुसार आइतबार साँझ भारतको उत्तर प्रदेशको मुरादाबादका ४६ वर्षीय स्वास्थ्यकर्मीको निधन भएको थियो । मुरादाबादका प्रमुख मेडिकल अधिकारीले उनको मृत्यु कोरोना खोपसँग भने सम्बन्धित नभएको बताए ।
विगत लामो समय देखि विश्वनै आक्रान्त पर्रिरहेको कोरोना भइरस को भ्याकसिन तथा औसधी बनाउन धेरै ओटा देशहरु लागि पारिरहे पनि आझै पनि अचुक औसधी भने पत्ता लाग्न सकेको छैन ।