उदयपुरमा पेस्तोलसहित ३ जना पक्राउ
काठमाडौँ, ३, असार । उदयपुरको त्रियुगा नगरपालिका–३ मोतिगढाबाट १ थान पेस्तोलसहित ३ जनालाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेहरुमा सोही ठाउँ बस्ने पशुराम चौधरी, श्याम कुमारी चौधरी र सप्तरी सुरुंगा नगरपालिका–८ बस्ने बबी चौधरी रहेका छन्। पशुरामको घरमा हातहतियार रहेको भन्ने खबर प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय उदयपुरबाट खटिएको प्रहरीले उक्त पेस्तोल फेला पारी उनीहरुलाई पक्राउ गरेको हो।









