image
image

१४३ किलो गाँजा बोकेको गाडीसहित तीन जना पक्राउ

काठमाडौँ, ३, असार । प्रहरीले मकवानपुरमा १४३ किलो ३०० ग्राम गाँजा बोकेको कन्टेनर गाडीसहित तीन जनालाई पक्राउ गरेको छ। हेटौंडा उपमहानगरपालिका वडा नम्बर ११ थाना भर्‍याङबाट गाँजासहित तीन जनालाई बिहीबार बिहान पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायब उपरीक्षक जयश्वर रिमालले जानकारी दिए।

मनहरीबाट हेटौंडा आउँदै गरेको ना १ ख ९९१० नम्बरको कन्टेनर गाडीलाई प्रहरीले रोकेरबाट चेक गरेको थियो। प्रहरीले चेक गर्दा क्याबिनभित्र १४३ किलो ३०० ग्राम गाँजा १२ वटा पोकामा राखिएको अवस्थामा फेला पारेको हो।

चालक सिन्धुपाल्चोक बाह्रबिसे नगरपालिका वडा नम्बर ५ सिगार्सेका २८ वर्षीय सनकबहादुर तामाङ, सह(चालक २४ वर्षीय सोमे तामाङ र मकवानपुर राक्सिराङ गाउँपालिका वडा नम्बर १ गल्छराङका १८ वर्षीय सविन तामाङ पक्राउ परेका हुन्।

उनीहरूमाथि प्रहरीले थप अनुसन्धान गरिरहेको छ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।