पूर्वी नवलपरासीमा निर्माणाधीन पक्की पुल बाढीले बगायो
काठमाडौँ, ३, असार । पूर्वी नवलपरासीको बौदीकाली गाउँपालिकामा रहेका २ वटा पक्की पुल बाढीले बगाएको छ।पुल बाढीले बगाउँदा स्थानीयको बजारसम्मको सिधा सम्पर्क टुटेको छ।तीन दिनदेखि परेको अविरल वर्षापछि आएको बाढीले बौदीकाली गाउँपालिका–१ मा निर्माणाधीन पक्की पुल बगाएको छ।
त्यसैगरी कालीगण्डकीमा रहेको अर्को पक्की पुल पनि बाढीले बगाएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत प्रदीपचन्द्र सुवेदीले जानकारी दिए।गण्डकी प्रदेश सरकारको ३ करोड ५० लाख रूपैयाँको लागतमा वडा नं १ मा पुल निर्माण भइरहेको थियो।पुलको पिल्लर उठाउने र सटरिङ गरी ढलानको मात्र काम बाँकी रहेका बेला बाढीले बगाएको प्रमुख सुवेदीले बताए।
स्थानीयहरूलाई सहजरूपमा सदरमुकाम कावासोती पुग्नका लागि पुल निर्माण गरिएको थियो। त्यसैगरी गाउँपालिकाको वडा नं।२ स्थित कालीगण्डकीमा बनाइएको पुलसमेत बाढीले बगाएको छ।यो पुल हुँदै स्थानीयहरू भिमाद निस्केर पोखरा पुग्ने गरेका थिए।
पुल बगाएपछि प्रदेश राजधानी पोखराको सिधा सम्पर्क पनि टुटेको गाउँपालिकाले जनाएको छ।भिमाद पुग्न पनि स्थानीयले अब १ दिन पैदल लगाएर हिँड्नु पर्ने बाध्यता छ ।