image
image

आईसीसी विश्व टेष्ट च्याम्पियनशिपको फाइनल भोलिदेखि सुरु

काठमाडौँ, ३, असार । टेष्ट क्रिकेटको इतिहासमा पहिलो आईसीसी विश्व टेष्ट च्याम्पियनशिपको फाइनल भोलिदेखि सुरु ।

फाइनलमा भारत र न्यूजिल्याण्ड खेल्दैछन्। यी दुई देशबीचको फाइनल खेल नेपाली समयअनुसार दिउँसो ३ः१५ बजेदेखि साउथेम्प्टनमा सुरु हुनेछ।
उत्कृष्ट लयमा रहेका दुवै टोलीबीचको फाइनल निकै रोमाञ्चक हुने अनुमान गरिएको छ। दुवै टिमले यसअघि नै १५ सदस्यीय टोली घोषण गरिसकेका छन्। भारतीय टिमको बारेमा कुरा गर्दा रोहित शर्मा र शुभमन गिलले ओपनिङ गर्ने सम्भावना बलियो रहेको छ। त्यस्तै, चेतेश्वर पुजारा तेस्रो नम्बरमा, कप्तान विराट कोहली चौथो नम्बरमा र अजिंक्य रहाणे पाँचौं नम्बरमा ब्याटिङ गर्नेछन्।

ऋषभ पन्त छैटौंमा विकेटकीपर ब्याट्सम्यानको रूपमा खेल्नेछन्। रवीन्द्र जडेजा सातौं नम्बरमा र रविचन्द्र अश्विन आठौं नम्बरमा मौका पाउनेछन्। नवौं स्थानमा मोहम्मद शामी, दशौं नम्बरमा इशान्त शर्मा र एघारौं स्थानमा जसप्रीत बुमराह रहनेछन्।

न्यूजिल्याण्डको टिमका बारेमा  कुरा गर्दा टम लाथम र डेभन कन्वे ओपनरको रूपमा खेल्नेछन्। कप्तान केन विलियम्सन तेस्रो नम्बरमा ब्याटिङ गर्न आउनेछन्। रोस टेलर चौथो र विल योङ पाँचौंमा खेल्नेछन्।

विकेटकीपर ब्याट्सम्यान बीजे वाटलिङले छैटौंमा खेल्ने छन्। काइल जेमिसन सातौं नम्बरमा देख्न सकिन्छ। अजाज पटेल आठौं, ट्रेन्ट बोल्ट नवौं, टिम साउथी दशौं र नील वाग्नर एघारौं स्थानमा खेल्नेछन्र

भारतको सम्भावित प्लेइङ–११

रोहित शर्मा, शुमन गिल, चेतेश्वर पुजारा, विराट कोहली ९कप्तान०, अजिंक्य रहाणे, ऋषभ पन्त ९ विकेटकीपर०, रवीन्द्र जडेजा, रविचन्द्र अश्विन, मोहम्मद शामी, इशान्त शर्मा र जसप्रीत बुमराह।

न्यूजिल्याण्डको सम्भावित प्लेइङ–११

टम लाथम, डेभन कन्वे, केन विलियम्सन ९कप्तान०, रोस टेलर, विल योङ, बीजे वाटलिङ ९ विकेटकीपर०, अजाज पटेल, काइल जेमिसन, ट्रेन्ट बोल्ट, टिम साउथी र नील वाग्नर।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।