अरुण नदीमा टिपर खस्दा सहचालकको ज्यान गयो
काठमाडौँ, ३, असार । सङ्खुवासभामा निर्माणाधीन नौ सय मेगावाटको अरुण तेस्रो जलविद्युत आयोजनाको पावर हाउस गृह पुखुवामा टिपर अनियन्त्रित भइ अरुण नदीमा खस्दा सहचालकको ज्यान गएको छ । चालक घाइते भएका छन्। दुर्घटनामा परि धनकुटा नगरपालिका घर भएका २२ वर्षीय दिपेन्द्र भट्टराईको घटनास्थलमै ज्यान गएको हो ।
गएराति करिब १० बजेतिर अरुण तेस्रोको पावर हाउस गृहमा काम गर्दै आएको पाथीभरा कन्ट्रक्सनको को बा ५ ख १४० नम्बरको टिपर ढुङ्गा झार्ने क्रममा पछाडि ब्याक सर्दा अनियन्त्रित भइ करिब तीन सय मिटर तल अरुण नदीको किनारमा खसेको हो ।
टिपर चालक काभ्रेपलाञ्चोक भकुन्डेबेसीका २० वर्षीय नवराज श्रेष्ठको टाउकोमा सामान्य चोट लागेको छ भने बायाँ हात भाँचिएको जिल्ला प्रहरी कार्यालय सङ्खुवासभाका प्रहरी निरीक्षक कविन राईले जानकारी दिनुभयो ।
उहाँको अनुसार मृतकको पोस्टमार्टमका लागि शव जिल्ला अस्पताल खाँदबारी ल्याइएको छ । अहिले घाइते चालकको प्राथमिक उपचारपछि जिल्ला अस्पताल खाँदबारी ल्याइ उपचार भइरहेको छ । घटनाको बारेमा छानबिन भइरहेको प्रहरीले जनाएको छ । नौ सय मेगावाट अरुण तेस्रो जलविद्युत्त आयोजनाको काम भारतीय सजलज एसजेभिएन कम्पनीले गरिरहेको छ ।
चिचिला गाउँपालिका–३ पुखुवामा पावर हाउस गृह निर्माणको काम पटेल इञ्जिनियरिङ्ग कम्पनीले गरिरहेको छ भने मकालु गाउँपालिका–५ फ्याक्सिन्दामा ड्यामसाइड निर्माणको काम जेपी एसोसियट कम्पनीले गरिरहेको छ ।