image
image

घरबाट निस्केका मेलम्चीबासी 

काठमाडौँ, ३, असार । सिन्धुपाल्चोकको मेलम्ची बजारमा लेदोसहित बाढीले घर तथा टहरामा क्षति पुगेपछि स्थानीय बासिन्दाले जोखिमयुक्त घरबाट सामानहरू निकालेर सुरक्षित ठाउँ खोजेर बसेका छन् । यहाँ मंगलबार साँझ लेदोसहित बाढी आउँदा करिब एक सय घरपरिवार विस्थापित भएका छन्।

घरमा फसेका चार जना मानिसलाई बुधबार नेपाली सेनाले हेलिकप्टरमार्फत् उद्धार गरेको थियो। तीमध्ये दुई जना होटलको छतमा थिए।माथिल्लो क्षेत्रमा गएको पहिरोका कारण मेलम्चीमा लेदोसहित बाढी आएको अनुमान गरिएको छ। 

बाढीले घर पुरेपछि र बगाएपछि मेलम्चीका स्थानीयहरू समस्यामा छन्। उनीहरू स्थानीय विद्यालयमा आश्रय लिएका थिए।जोखिमयुक्त घरबाटै स्थानीयले सामानहरू निकालेर सुरक्षित स्थान खोजि गर्दै त्यसतर्फ गएको देखिन्छ। उनीहरू ईन्द्रेश्वरी माविको भवनमा बसेका छन्।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।