मार्जिन प्रकृतिको कर्जा ९९ प्रतिशत बढ्यो
काठमाडौं । पूँजीबजारको आकार र कारोबार बढेसँगै बैंक तथा वित्तीय संस्थाले शेयर धितो राखेर दिने मार्जिन प्रकृतिको कर्जा प्रवाह बढेको छ ।
नेपाल राष्ट्र बैंकको तथ्यांकअनुसार गत आर्थिक वर्ष (आव) को वैशाखको तुलनामा चालू आवको वैशाखमा मात्रै बैंक तथा वित्तीय संस्थाबाट मार्जिन प्रकृतिको कर्जा वृद्धिदर ९९ दशमलव १९ प्रतिशतले बढेको छ ।
गत आवको १० महीनाको तुलनामा चालू आवको सोही अवधिमा बैंक तथा वित्तीय संस्थाबाट मार्जिन प्रकृतिको कुल कर्जा रू. ९४ अर्ब ३४ करोड ४० लाख पुगेको छ । यो वाणिज्य, विकास बैंक र वित्त कम्पनीमार्पmत भएको कर्जा प्रवाह हो ।
गत आवको सोही अवधिमा मार्जिन प्रकृतिको यस्तो कर्जा रू. ४७ अर्ब ३६ करोड ५० लाख बराबर प्रवाह भएको थियो । यसपटक थप ४६ अर्ब ९७ करोड ९० लाख रुपैयाँले कर्जा प्रवाह भएको छ ।
वैशाखसम्मको कुल कर्जा प्रवाहमा मार्जिन प्रकृतिको कर्जाको अंश २ दशमलव ३२ प्रतिशत रहेको छ । यसअवधिमा कुल कर्जा रू. ४० खर्ब ६१ अर्ब ४० करोड ५० लाख प्रवाह भएको छ । यसअवधिमा वाणिज्य बैंकको कर्जा वृद्धिदर ११४ दशमलव ८६ प्रतिशत रहेको छ ।
सञ्चालनमा रहेका २७ ओटा वाणिज्य बैंकहरूमा गत आवको वैशाखसम्म ३७ अर्ब ९८ करोड ३० लाख रुपैयाँ हाराहारीमा कर्जा प्रवाह भएकोमा गत वैशाखमा रू. ८१ अर्ब ६१ करोड २० लाख पुगेको छ ।
-आर्थिक अभियान दैनिकबाट