image
image

 यस्तो छ सरकारले सार्वजनिक रेको कर तिर्ने तालिका 

काठमाडौँ २ असार ।  आर्थिक ऐन २०७७ को दफा १९ अन्तरगत रहेर अर्थमन्त्रालयको असार २ गतेको निर्णय अनुसार आन्तरिक राजस्व विभागले विभिन्न कर दाखिला गर्ने तालिका सार्वजनिक गरेको छ ।  विभागले बुधबार सार्वजनिक गरेको सूचनामा मूल्य अभिवृद्धि कर(भ्याट) २०७७ चैत्र र २०७८ बैशाख महिनाको मासिक तथा २०७७ चैत्र र २०७८ बैशाखको द्धिमासिकको कर २०७८ असार २५ गतेभित्र तिरिसक्ने सूचनामा उल्लेख गरेको छ । 


त्यस्तै, आयकर ऐन २०५८ बमोजिमका कर २०७७ चैत्र र २०७८ बैशाख महिनाको बुझाउन पर्ने अग्रीम करकट्टी रकम असार २५ गतेभित्र बुझाउन भनेको छ । अन्तशुल्क ऐन २०५८ अनुसारका कर २०७७ चैत्र र २०७८ बैशाख महिनाभित्रका बुझाउन पर्ने अन्तशुल्क असार २५भित्र बुझाउन पर्ने छ । 

त्यस्तै, २०७७ चैत्र र २०७८ बैशाखको शिक्षा सेवा कर, टेलिफोन स्वामित्व कर, दूरसञ्चार ुसेवा दूस्तुर पनि असार २५ गतेभित्र बुझाउ विभागले जारी गरेको सूचनामा उल्लेख छ ।  


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।