निषेधाज्ञा अवज्ञा गर्दै फिटनेस सेन्टर खोलेको आरोपमा दुई पक्राउ
काठमाडौँ, २, असार । जिल्ला प्रशासन कार्यालयले जारी गरेको निषेधाज्ञा अवज्ञा गरेको आरोपमा प्रहरीले टेकुमा रहेको इलाइट फिटनेस सेन्टरका सञ्चालकलाई पक्राउ गरेको छ । जिमखाना सञ्चालक काठमाडौंका ५४ वर्षीय गौतमबहादुर श्रेष्ठ र कामदार सुनसरी घर भएका दीपक थापालाई पक्राउ गरेर जिल्ला प्रशासन कार्यालयमा बुझाइएको काठमाडौंका एसपी रमेश बस्नेतले बताए । जिल्ला प्रशासन कार्यालय काठमाडौंले जिम हल सञ्चालक श्रेष्ठलाई १ लाख र कामदार थापालाई ५ हजार जरिवाना गरेको छ । स्थानीय प्रशासनले निषेधाज्ञा जारी गरेर जिम हल खोल्न रोक लगाएको छ ।









