image
image

बोलपत्र आह्वान नगर्न सर्वोच्चको अन्तरिम आदेश

काठमाडौँ २ असार ।  सर्वोच्च अदालतले निषेधाज्ञाको अवधिमा बोलपत्र आह्वान नगर्न अन्तरिम आदेश दिएको छ । सर्वोच्च अदालतले कोरोना सँग सम्बन्धित बाहेकका बोलपत्रहरु आह्वान नगर्न प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयलाई अन्तरिम आदेश दिएको हो ।

स्वास्थ्य सम्बन्धित र कोभिड–१९ एवम् अति आवश्यक सेवा सम्बन्धि बाहेक अन्य बोलपत्र निषेधाज्ञाको अवधि समाप्त भएको मितिले १५ दिनसम्म आह्वान नगर्नू, नगराउनु भनी विपक्षीहरुको नाममा सर्वोच्च अदालत नियमावली २०७४ को नियम १९ बमोजिम यो अन्तरिम आदेश जारी गरिएको सर्वोच्चको आदेशमा भनिएको छ ।


निषेधाज्ञाको अवधिमा पनि धमाधम बोलपत्र आह्वान भएको भन्दै निर्माण व्यवसायी महासंघका अध्यक्ष रवि सिंहले सर्वोच्च अदालतमा रिट दायर गरेका थिए ।निवेदकका तर्फबाट वरिष्ठ अधिवक्त टंकप्रसाद दुलालले गरेको बहसपछि न्यायाधीश हरिकृष्ण कार्कीको एकल इजलासले यस्तो आदेश दिएको हो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।