बाढीबाट नेशलन हाइड्रोमा क्षति
काठमाडौँ २ असार । मनसुनको सुरुवातमै आएको बाढीका कारण सिन्धुपाल्चोको मेलम्ची र इन्द्रावतीमा नेशनल हाइड्रो पावर कम्पनीको विद्युत प्रसारण लाइनमा क्षति पुगेको छ । कम्पनीका अध्यक्ष कुमार पाण्डेका अनुसार प्रसारण लाइनका चारवटा पोलमा क्षति पुगेको हो ।
पावर हाउसमा पुगेको क्षति पानी कम नभसम्म नदेखिएपनि विद्युत प्रसारण लाइनका तीन वटा पोल पूर्णरुपमा क्षति भइसकेका छन् भने अर्को पोल पनि लगभग ढल्ने अवस्थामा रहेको पाण्डेले बताए । त्यस्तै विद्युत गृह पूर्णरुपमा बन्द भएकाले पावर हाउसको अवस्थाका बारेमा जानकारी भईनसकेको बताए ।