image
image

राप्तीमा आएको बाढीले खतराको तह पार गर्यो, नवलपरासीमा ४० घर डुबे

काठमाडौँ, २, असार । अबिरल वर्षासँगै आएको बाढी र पहिरोका कारण देशका विभिन्न भागमा व्यापक जनधनको क्षति गरेको छ। बाढी पहिरोले विशेष गरेर बागमती, गण्डकी र लुम्बिनी प्रदेशका जिल्लामा बढी क्षति पुर्याएको छ।अविरल वर्षाको कारण हिमाली र पहाडी जिल्लामा कटान र पहिरोको समस्या सिर्जना भएको छ भने तराईका जिल्लामा डुबानको समस्या देखिएको छ।

अविरत वर्षापछि पश्चिम राप्ती नदीमा आएको बाढीले खतराको तह पार गरेको छ। बाढी पूर्वानुमान महाशाखाका अनुसार बुधबार बिहान राप्ती नदीमा आएको बाढीले खतराको तह पार गरेको हो। महाशाखाले बाँकेसहित नदी आसपासका बासिन्दालाई सतर्कता अपनाउन आग्रह गरेको छ।

त्यसैगरी नारायणी नदीमा पनि पानीको बहाव बढेको छ । अहिले गण्डकी र लुम्बिनीका धेरैजसो ठाउँमा पानी परिरहेकाले बाढी पहिरोको जोखिम उच्च बनेको महाशाखाले जनाएको छ। बाग्लुङ, म्याग्दी, स्याङ्जा, चितवन र गुल्मीका तटीय क्षेत्रमा बस्ने नागरिकलाई सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ।

त्यसैगरी बाढीले पूर्वी नवलपरासीको गैडाकोट क्षेत्रका ४० घर डुबानमा परेका छन्। नारायणी नदीको बाढीले स्थानीय बोटे गाउँ डुबानमा परेको हो।

गैंडाकोट नगरपालिका–२ मा तीन दर्जन भन्दा धेरै घर डुबानमा परेपछि स्थानीयलाई नजिकैको अक्सफोर्ड कलेजको भवनमा सारिएको इलाका प्रहरी कार्यालय गैंडाकोटकी प्रमुख प्रहरी निरीक्षक लक्ष्मी पाण्डेले जानकारी दिइन्।

बाढीले कावासोती नगरपालिका–१७ अमलटारीका ५ वटा होटेल पनि डुबेका छन्। बाढीमा फसेकालाई प्रहरीले उद्धार गरेर सुरक्षित स्थानमा सारेको छ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।