image
image

सानिमा जनरल इन्स्योरेन्सले फेरी बोलायोे साधारण सभा

काठमाडौं, २, असार । सानिमा जनरल इन्स्योरेन्सले स्थगित भएको तेस्रो वार्षिक साधारण सभा पुनः बोेलाएको छ । कम्पनीले असार २३ गते कम्पनीको केन्द्रीय कार्यालय कमलादी, काठमाडौंमा बिहान १०ः३० बजे बोलाएको हो ।

सभा भर्चुअल माध्यमबाट आयोजना हुनेछ । कम्पनीले जेठ ११ गते बोलाएको साधारण सभा कोरोना नियन्त्रण तथा रोकथामका लागि जारी गरिएको निषेधाज्ञा कारण स्थगित भएको थियो ।

सभामा गत आर्थिक वर्ष २०७६र७७ को वार्षिक प्रतिवेदन सहितका वित्तीय विवरण र चालू आर्थिक वर्षको लागि लेखापरिक्षक नियुक्ती र निजको पारिश्रमिक निर्धारणको लगायतका प्रस्ताव अनुमोदन हुनेछ ।सभाले सर्वसाधारण शेयरधनीहरुको तर्फबाट दुई जना सञ्चालक समितिमा प्रतिनिधित्व गर्ने दुई जना सञ्चालकहरुको निर्वाचन गर्ने भएको छ ।

साधारण सभा प्रयोजनका लागि कम्पनीले बैशाख २९ बुधबारदेखि सभा हुने मिति जेठ ११ गते मंगलबारसम्म बुक क्लोज गर्ने गरेको थियो । बुकक्लोजको आधारमा बैशाख २८ गतेसम्म कायम शेयरधनीहरु मात्र सभामा भाग लिन पाउनेछन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।