बाढीपहिरोमा परेकालाई उद्धार गर्न देउवाको माग

काठमाडौँ, २, असार । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले बाढीपहिरोमा परेकाहरूलाई उद्धार गर्न सरकारसँग माग गरेका छन्।सभापति देउवाले बुधबार ट्वीट गर्दै अविरल वर्षापछि मनाङ र सिन्धुपाल्चोकलगायत देशका विभिन्न क्षेत्रमा बाढीपहिरो तथा कटानले विकराल रूप लिएकाले उद्धारका लागि सरकारसँग माग गरेका हुन्।
‘विपदमा परेकालाई तत्काल उद्धार गरी सुरक्षित स्थानमा स्थानान्तरण गर्न र उनीहरूलाई राहत प्याकेज घोषणा गर्न माग गर्दछु,’ देउवाले भनेका छन्। सिन्धुपाल्चोकको मेलम्ची नदीमा आएको बाढीले हेलम्बु गाउँपालिकामा ७ जनाको मृत्यु भएको छ भने केही बेपत्ता छन् ।