image
image

अर्थले बन्दाबन्दीमै कर तिर भन्न सक्ने

काठमाडौँ - सर्वोच्च अदालतले बन्दाबन्दीको समयमा कर तिर्नुपर्ने विषयमा यसअघि आफैंले दिएको अन्तरिम आदेश परिवर्तन गर्दै अर्थ मन्त्रालयलाई निर्णय गर्ने जिम्मा दिने आदेश गरेको छ। न्यायाधीशहरू आनन्दमोहन भट्टराई र नहकुल सुवेदीको संयुक्त इजलासले अर्थ मन्त्रालयले आर्थिक ऐनबमोजिम निर्णय गरी प्रकाशित गर्ने सूचनामा उल्लेख भएको अवधिसम्मको लागि मात्र कर विवरण र कर दाखिला गर्न मंगलबार आदेश दिएको हो।  

यही जेठ ६ मा सर्वोच्चले बन्दाबन्दी पूर्ण रूपमा खुलेको एक महिनापछि मात्रै कर बुझाउन मिल्ने गरी व्यवस्था गर्न सरकारलाई अन्तरिम आदेश दिएको थियो। न्यायाधीश मीरा खड्काको एकल इजलासले बन्दाबन्दी पूर्णरूपमा खुलेको ३० दिनपछि मात्रै मूल्य अभिवृद्धि कर विवरण र कर दाखिला नगरेमा जरिबाना नगर्न यस अघि आदेश गरेको थियो। त्यस विरुद्ध अर्थ मन्त्रालयले आदेश खारेजको माग गर्दै भ्याकेटको निवेदन दर्ता गरेको थियो।

सर्वोच्चले ‘अर्थ मन्त्रालयले आर्थिक ऐन बमोजिम निर्णय गरी प्रकाशित गर्ने सूचनामा उल्लेख भएको अवधिसम्मको लागि मात्र कर विवरण र कर दाखिला नगरेमा जरिवाना असुल नगर्नु नगराउनु’ मंगलबारको आदेशमा भनेको छ।  अधिवक्ता सिर्जना अधिकारीलगायतले बन्दाबन्दीको समयको करमा जरिबाना नगर्न माग गर्दै रिट निवेदन दर्ता गरेकी थिइन्। 

-नागरिक दैनिकबाट 
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।