image
image

साना उद्योग–व्यवसायलाई महासंघको भिजन पेपरले प्राथमिकता दिने 

काठमाडौं माघ २१।  साना तथा मझौला उद्योग व्यवसाय अधिकांश असंगठित क्षेत्रमा रहेकाले कोभिडका कारण यसमा आश्रित १६ देखि २० लाख व्यक्ति प्रभावित भएका छन् । नेपाल उद्योग वाणिज्य महासंघको कार्यकारिणी समिति सदस्य डीबी बस्नेतकोे सभापतित्वमा गठित घरेलु तथा साना उद्योग समिति विस्तार भएको छ । समितिका सहसभापतिमा महासंघको कार्यकारिणी समितिका सदस्य किशोर आचार्य चुनिएका छन् ।

समितिका सदस्यहरूमा महासंघको कार्यकारिणी समिति सदस्यहरु तारानाथ घिमिरे, विजयकुमार साह, सहनलाल प्रधान, शोभाकान्त पराजुली, जमशेर मिया, लालीमान बुढा र पुष्पराज कुँवर छन् । 

समिति विस्तार कार्यक्रमलाई सम्बोधन गर्दै महासंघका अध्यक्ष शेखर गोल्छाले भने, “नेपालमा सञ्चालित उद्योगधन्दामा साना तथा मझौलाको अंश लगभग ८६ प्रतिशत छ । अर्थतन्त्रमा करिब २३ प्रतिशत योगदान छ ।” कोभिडको सबैभन्दा ठूलो असर पनि यही क्षेत्रमा परेको उनको बुझाइ छ ।  गोल्छाले समितिको गृहकार्यबाट आउने सुझाव महासंघले तयार गर्ने भिजन पेपरका लागिसमेत सहयोगी हुने बताए ।

समितिका सभापति बस्नेतको अध्यक्षतामा बसेको पहिलो बैठकले समितिमा प्रतिनिधित्व गर्ने सबै सदस्य संस्थाहरूमा नौ सदस्यीय घरेलु तथा साना उद्योग समिति गठन गर्ने, लगानी सहजीकरणको लागि बैंकर्स संघ र नेपाल राष्ट्र बैंकसँग सहजीकरण गर्ने, घरेलु मझौला र साना उद्योगको तथ्यपरक अध्ययनसँगै कोभिड–१९ बाट परेको प्रभावका बारेमा अध्ययन गर्न सहयोगी निकायको खोजी गर्ने निर्णय गरेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।