image
image

सार्वजनिक यातायात श्रमिकलाई खोपको व्यवस्था गर्न माग

काठमाडौँ १ असार । यातायात क्षेत्रका श्रमिकहरुको संगठन नेपाल यातायात स्वतन्त्र मजदुर संगठनले सार्वजनिक यातायात क्षेत्रका सबै श्रमिकहरुलाई खोपको अनिवार्य व्यवस्था गर्न माग गरेको छ। यातायात श्रमिकहरुको कार्यथलो आम सर्वसाधारणसँग प्रत्यक्ष जोडिएकाले निषेधाज्ञा खुल्नु अगाबै सबै श्रमिकहरुलाई खोपको व्यवस्था गर्न संगठनले स्वास्थ्य मन्त्रीलाई ज्ञापनपत्र बुझाएको हो।

त्यस्तै, संगठनले कोभिड संक्रमित यातायात व्यवसायी तथा श्रमिकहरुको निःशुल्क उपचार व्यवस्था मिलाउन आग्रह गरेको छ।इन्धन ढुवानी गर्ने ट्यांकर, खाद्यान्न ढुवानी गर्ने सवारी, अत्यावश्यक सामग्री ढुवानी गर्ने सवारी, एम्बुलेन्स लगायत सवारी साधनमा काम गर्ने श्रमिकहरुलाई प्रोत्साहन भत्ता उपलब्ध गराउनुपर्ने माग राखेका छन्। अत्यावश्यक सेवामा खटिएका यातायात मजदुरहरुलाई तत्काल खोपको व्यवस्था गर्नुपर्नेमा उनीहरुको जोड छ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।