नारायणी नदीमा पानीको सतहले पार गर्यो चेतावनीको तह, सतर्कता अपनाउन आग्रह
काठमाडौँ १ असार । नारायणी नदीमा पानीको सतहले चेतावनीको तह पार गरेको छ । अविरल वर्षाका कारण पानीको सतहले चेतावनीको तह पार गरेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।
जल तथा मौसम विज्ञान विभागका अनुसार नारायणी नदीमा पानीको सतह ८,४६ मिटर पुगेको छ । ८ मिटरभन्दा माथि पुगेपछि खतराको तह पुगेको मानिन्छ । पहाडी क्षेत्रमा निरन्तर वर्षा भइरहेकाले नारायणीमा पानीको सतह अझै बढ्न सक्ने हुँदा सचेत रहन जिल्ला प्रशासन कार्यालय चितवनले आग्रह गरेको छ ।