कवाडी उठाउने कान्टेको कथा
१ असार, काठमाडौँ । युरोकप फुटबलमा आफ्नो कला देखाउनका लागि युरोपकै उत्कृष्ट खेलाडीहरू तमतयार छन् । फ्रान्सका एनगोलो कान्टे यी खेलाडीहरूमध्ये एक हुन् ।
तर सबैलाई थाहा नहुनसक्छ– उनी १९९८ को फ्रान्स विश्वकपमा रङ्गशाला वरपर छरिएका पानी र बियरका बोतल उठाउँथे । यो विश्वकपमा आयोजक टोलीले कुनै खेल हारेन, त्यसैले घरेलु समर्थकहरूमा ठूलो उत्साह थियो ।
८ वर्षका कान्टे भने ती समर्थकहरूले फालेका बोतलहरू देखेरै दङ्ग थिए, किनकि यसलाई बेचेर उनले राम्रो पैसा कमाए । यही विश्वकपले उनमा फुटबलप्रतिको लगाव सिर्जना गर्यो । २९ मार्च १९९१ मा फ्रान्सको पेरिसस्थित रुइल माल्माइसन बस्तीमा एनगोलो कान्टे जन्मिएका थिए । यो बस्तीमा दैनिक रोजीरोटीका लागि मजदुरी गर्नेहरूको बाहुल्यता थियो । कान्टेका बाबुआमा मालीबाट काम खोज्दै ८० को दशकमा यहाँ आएका थिए । परिवारमा कान्टे जेठो छोरा थिए । यसपछि यो दम्पतीका अन्य तीन सन्तान जन्मिए । भाइबहिनीलाई हेर्नुपर्ने भएकाले आमा काममा निस्कन पाउँदैन थिइन् । कान्टेले परिवारमाथिको दबाब कम गर्न सानैदेखि कवाडी सङ्कलनको काम थाले । पश्चिम रुइलदेखि कवाडी खोज्नका लागि उनी पेरिसको पूर्वी भागसम्म पुग्थे । उनी प्रशोधन कम्पनीलाई कवाडी बेच्थे । बाँकी रहेको समय उनी फुटबल खेल्थे।
११ वर्षको छँदा कान्टोका बाबुको निधन भयो । यसपछि अझै उनको जिम्मेवारी बढ्यो । कवाडी सङ्कलनबाट आमा र भाइबहिनीको आवश्यकता पूरा गर्न सकिँदैन भन्ने कान्टेलाई महसुस भयो । तर अर्को विकल्प थिएन । परिवारलाई गरिबीबाट मुक्त गर्नका लागि कडा परिश्रम गर्ने सपना उनले देखेका थिए ।
फुर्सदको समय जेएस सुरेसनेस नामक स्थानीय क्लबको एकेडेमीबाट खेल्ने गरेका कान्टे यस टिमका चर्चित खेलाडीमध्ये एक थिए । तर यति होचो फुच्ने मैदानमा ९० मिनेटसम्म छाउनसक्छ भन्नेमा कतिलाई दुविधा थियो । गोलका लागि कसरी अवसर खोज्ने भनेर उनले सिक्दै गए । युवाकालमा उनले यस क्लबबाट केही ट्रफी पनि जिते तर उनी कहिल्यै खुसी मनाएनन् । ४ वर्ष एकेडेमीमा बिताएपछि उनलाई बालबालिकालाई प्रशिक्षण गराउने जिम्मेवारी पनि उनलाई दिइयो । यसका लागि उनले अतिरिक्त समय दिनुपर्ने थियो र केही पैसा पनि आउँथ्यो ।
२०१० मा उनी फ्रान्सको तेस्रो डिभिजन क्लब ब्लोनमा छानिएपछि प्रत्येक सिजन उनको भाग्य फेरियो । २०१३ मा त्यहाँबाट उनी कान नामक दोस्रो डिभिजनको क्लबमा स्थानान्तरण भए । दोस्रो डिभिजनमा कानलाई तेस्रो स्थान दिलाएर लिग वानमा छनोट गराउन कान्टेको भूमिका महत्त्वपूर्ण थियो।
यसपछि झन्डै ८० लाख युरोमा उनी इङ्लिस क्लब लेस्टर सिटीमा आबद्ध भए । सबैलाई चकित पार्दै लेस्टरले २०१५–१६ को सिजन इङ्लिस प्रिमियर लिग जित्यो । यही वर्ष युरोकप फुटबलमा फ्रान्सलाई फाइनलसम्म पु¥याउन पनि उनले महत्त्वपूर्ण प्रदर्शन गरेका थिए ।
अर्को सिजन ३ करोड २० लाख पाउन्ड खर्चिएर चेल्सीले उनलाई क्लबमा आबद्ध ग¥यो । यस दिनलाई कान्टेले आफ्नो सपना पूरा भएका दिनका रूपमा व्याख्या गरेका थिए । ‘म युरोपको एक ठूलो क्लबसँग सम्झौता गर्न पाउँदा निकै खुसी छु । मेरा लागि सपना सत्य बनेको छ । कान्टेले १ सय ५७ खेलमा चेल्सीका लागि ९ गोल गरिसकेका छन् । यस अवधिमा उनले एकपटक प्रिमियर लिग, एकपटक युरोपा लिग र एकपटक च्याम्पियन्स लिग जिताउन महत्त्वपूर्ण योगदान गरे ।
युरो २०१६ को सुरुवाती खेलमा उनले रोमानियाविरुद्ध धेरै पासहरू सिर्जना गरे । धेरै ट्याकल गरे र मैदानमा धेरै दूरी कभर गरे । उनले दिमिट्री पायटलाई निर्णायक गोलमा एसिस्ट पनि गरे । खेल फ्रान्सले २–० ले जित्यो । अन्तिम १६ मा रिपब्लिक अफ आयरल्यान्डविरुद्ध उनले २७औं मिनेटमा पहेँलो कार्ड खाए । प्रतियोगितामा यो उनको दोस्रो पहेँलो कार्ड थियो । त्यही कारण उनले क्वाटरफाइनल गुमाए । फाइनलमा पोर्चुगलसँग फ्रान्स १–० ले पराजित हुँदा उनी बेन्चमै थिए ।
विश्वकप २०१८ मा उनले फ्रान्सबाट सबै ७ खेल खेले । डेनमार्कविरुद्धको समूह चरणको खेलमा उनले म्यान अफ द म्याचको अवार्ड जितेका थिए । फाइनलमा क्रोयसियाविरुद्ध पनि उनको प्रदर्शन उत्कृष्ट रह्यो । यस प्रतियोगितामा कान्टे मैदानको चारैतर्फ छाएका थिए ।बुधबार फ्रान्सले जर्मनीको सामना गर्दै युरो यात्रा थाल्नेछ ।
एजेन्सी