पेट्रोल पम्पहरूले भोलिदेखि तेल नउठाउने चेतावनी
काठमाडौँ १ असार । पेट्रोल पम्पहरूले भोलिदेखि तेल नउठाउने चेतावनी दिएका छन् । कोरोना महामारीमा जोखिम मोलेर काम गर्नु पर्ने भन्दै व्यवसायी र मजदुरले खोपको व्यवस्था नभए तेल खरिद नगर्ने चेतावनी दिएका हुन्।
आयल निगमले एक पक्षीय निर्णय गरेर ट्यांकर चालकलाई मात्र खोप दिन लागेको भन्दै पम्प व्यवसायीहरूले पनि तेल खरिद नगर्ने भएको बागमती पेट्रोलियम डिलर्स एसोसियसनका अध्यक्ष अचुत खड्काले बताए। खोप उपलब्धताका लागि पटक–पटक आयल निगम र उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयसँग माग गरेपनि हालसम्म पेट्रोलिय व्यवसाय क्षेत्रमा खोप उपलब्ध हुन नसकेको व्यवसायीहरूले बताएका छन्।
एसोसियसनले दिएको तथ्यांक अनुसार देशभर १० हजार ३ सय ४६ जना मजदुर पेट्रोलियम पम्पमा संलग्न रहेकाले सोही संख्या बराबर खोप आवश्यक छ।