image

  • अर्थ रोजगार
  • समाचार
  • रोलिङ्ग कर्मशिल विदेशले गर्यो मनोसामाजिक र वित्तिय व्यवस्थापन सम्बन्धी अन्तरक्रिया

रोलिङ्ग कर्मशिल विदेशले गर्यो मनोसामाजिक र वित्तिय व्यवस्थापन सम्बन्धी अन्तरक्रिया

काठमाडौँ १ असार । रोलिङ्ग प्लान्सद्वारा संचालित रोलिगं नेक्ससको “रोलिङ्ग कर्मशील विदेश” ले जूम एप्स मार्फत मानोसामाजिक अन्तरक्रिया कार्यक्रम सञ्चालन गरेको छ ।सोमबार झन्डै पौने २ घण्टा भएको उक्त वेबिनारमा वैदेशिक रोजगारीमा रहेका तथा वैदेशिक रोजगारी बाट फर्किएका श्रमिकहरुको मनोसामाजिक विषयमा छलफल भएको छ ।

कर्मशीलको उक्त कार्यक्रममा साईकोलोजिस्ट रुवन दाहाल, प्रवासी नेपाली समन्वय समितिका संस्थापक सदस्य कुल प्रसाद कार्की, र वैदेशिक रोजगार क्षेत्रमा काम गर्दै आउनु भएको युवराज नेपालले आफ्नो विचार राख्नु भयो। कार्यक्रमको सुरुवातमा साईकोलोजिस्ट रुवन दाहालले विभीन्न मानसिक एवम् मनोसामाजिक समस्या र तिनका समाधानको विषयमा बताउनुभयो । त्यस्तै उहाँले कोरोना संक्रमणका कारण वैदेशिक रोजगारीमा गएका र रोजगारीबटा फ़र्किएकहरु विभिन्न समस्याले तनाव सृजना गरेको र उक्त तनाव व्यवस्थापन गर्न आफ्नो मन पर्ने कुराहरु गर्न जोड दिनु पर्ने बताउनुभयो ।

त्यस्तै प्रवासी नेपाली समन्वय समितिका संस्थापक सदस्य कुल प्रसाद कार्कीले वैदेशिक रोजगारीका शिलशिलामा वित्तीय साक्षरता लिन जरुरि रहको बताउनुभयो । वित्तीय साक्षरता भन्नाले आम्दानी, खर्च, विमा, वचत, ऋण, लगानी आदिको ज्ञान लिनु हो जसले आम्दानी र खर्चलाई सन्तुलन राखेर अगाडी बढ्न मद्दत पुर्याउने जानकारी दिनुभयो ।

अन्तिम वक्ताका रुपमा युवराज नेपालले वैदेशिक रोजगारीबाट फर्किएपछिका अवसर र चुनौतीका विषयमा आफ्नो धारणा राख्दै पूर्ण एकीकरण नीतिको अभाव रहको बताउनुभयो। पूर्ण एकीकरण नीति नहुँदा वैदेशिक रोजगारीबाट फर्किएकाका लागि लक्षित् कार्यक्रमहरु कम भएको बताउनु भयो । साथै उक्त चुनौती समाधान गर्न पूर्ण एकीकरण नीतिको आवश्यता रहेको उहाँको भनाई छ । त्यस्तै रोजगारीबाट फर्कीएपछि आफ्नो सिप, स्रोत, साधन र पूँजी अनुसार स्थानीय तहसँग समन्वय गरि अगाडी बढ्नुपर्ने बताउनुभयो ।

कार्यक्रमको सञ्चालन रोलिङ कर्मशीलका उपाध्यक्ष लोकेन्द्र सिंहले गर्नुभएको थियो भने रोलिङ् कर्मशील मोबाइल एप आजको आवश्यता र वैदेशिक श्रमिकका निम्ति यो कत्ति महत्वपूर्ण छ भनेर रोल्लिङ प्लान्स कार्यकारी अध्यक्ष अनुप जंगमले आफ्नो धारणा राख्नु भएको थियो। कार्यक्रमको पूर्ण जानकारीका निम्ति तल दिइएको भिडियो हेर्न सक्नु हुनेछ:
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
100%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।