नेप्से सामान्य अंकले घट्दा तीन कम्पनीको शेयर मूल्यमा सकारात्मक सर्टिक
काठमाडौँ १ असार । साताको तेस्रोे दिन (मंगलबार)शेयर बजारमा गिरावट आएको छ । हिजो नेप्से ४२.७२ अंकले बढेर तीन हजार २५ दशमलब ८३ विन्दुमा थामिएको नेप्से आज सामान्य अंकले घटेको हो ।
आज नेप्से ३.७२ अंकले घटेर तीन हजार २२ दशमलब ११ विन्दुमा थामिएको छ । त्यस्तै, आज १६ अर्ब ५२ करोड ८७ लाख बराबरको कारोबार भएको छ । आज २२६ कम्पनीको ३ करोड ६ लाख ३३ हजार ८ सय ६९ शेयर १ लाख ६२ हजार८ सय १८ पटक कारोबार भएका छन
नेप्सेका अनुसार आज तीन वटा कम्पनीको शेयरमूल्यमा उच्च बृद्धि भएको छ । शेयरमूल्य बढ्ने कम्पनीहरुमा सिईडीबी हाइड्रोपावर डेभलपमेन्ट कम्पनी, खानिखोला हाइड्रोपावर कम्पनी र युनियन हाइड्रोपावर रहेका छ । यी कम्पनीको शेयरमूल्य करिब १० प्रतिशतले बढेको छ ।
त्यस्तै, आज छ्याङदी हाइड्रोपावर र दिवर्टी इनर्जी कम्पनीका लगानीकर्ताले सर्वाधिक गुमाएका छन् भने कारोबारको आधारमा आज सबैभन्दा बढी नेपाल रि–इन्स्योरेन्स कम्पनीको भएको छ ।