दाङमा एक साता निषेधाज्ञा लम्ब्याइयो
काठमाडौँ, १, मंगलबार। दाङमा केही खुकुलो गरी यही असार ८ गतेसम्म निषेधाज्ञा थपिएको छ । जिल्ला प्रशासन कार्यालय दाङका अनुसार अब होटेल पनि खोल्न पाइनेछ । होटेलले प्याकिङ खानेकुरा तयार गरेर बिक्री गर्न पाउने भएका हुन् ।
त्यस्तै, सरकारी कार्यालय दैनिक खुल्ने भएका छन् । बिहान १० देखि दिउँसो २ बजेसम्म खोल्ने निर्णय भएको जिल्ला कोरोना संकट व्यवस्थापन केन्द्रका सदस्य दोर्ण ओलीले बताए । उनका अनुसार बजार बिहान ६ देखि १० बजेसम्म, बैंक तथा वित्तीय संस्थाहरु बिहान १० देखि दिउँसो २ बजेसम्म खुल्ने निर्णयलाई यथावत् राखिएको छ ।
बाँकेमा दिउँसो २ बजेसम्म बजार सञ्चालन गर्न दिइने
जिल्ला प्रशासन कार्यालय बाँकेले बिहान ७ देखि दिउँसो २ बजेसम्म बजार सञ्चालन गर्न दिने भएको छ । प्रमुख जिल्ला अधिकारी शिवराम गेलालले दैनिक उपभोग्य वस्तुलगायत पसल, व्यवसाय सञ्चालन गर्न दिने निर्णय सार्वजनिक गरेका छन् ।
गएको वैशाख ९ गतेदेखि जारी निषेधाज्ञा खुकुलो पार्दै स्थानीय प्रशासनले असार १ गतेदेखि उक्त नियम लागु हुने जनाएको छ । जारी निषेधाज्ञा थपेर असार ७ गतेसम्म कायम गरिए पनि पहिलेको भन्दा पछिल्लोपटक तुलनात्मक रुपमा निकै खुकुलो पारिएको छ ।
प्रजिअ गेलालका अनुसार अबदेखि बाँकेमा रेस्टुरेन्टहरुले पनि प्याक गरी खाना–खाजा घरमा लैजाने वा होम डेलिभरी गर्न सक्ने सुविधा प्रदान गरिएको छ ।